लण्डन । बेलायतमा २२ औँ विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको आयोजनामा आसफोर्ड केन्टस्थित क्रिश्चियन फेलोसिपमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यबाहक राजदूत शरदराज आरन थिए । कार्यक्रममा पूर्व मन्त्री विजयप्रकाश थेबे विशिष्ट अतिथि र मनोक्रान्तिका प्रणेता डा. स्वामी विकाशानन्द विशेष अतिथिका रुपमा सहभागी थिए । त्यस्तै, कार्यक्रममा महासंघका सल्लाहकार श्रीप्रसाद लिम्बु, मधेसी समाज यूकेका दिलिप महासेठ, याख्खा छुम्मा अध्यक्ष खगेन्द्र राई, जनमुक्ति मञ्चका अध्यक्ष नारायण किशोर पुन, पुन समाजका अध्यक्ष एकबहादुर पुन लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा तमुधिँ यूकेका उपाध्यक्ष ज्ञाम गुरुङ, मगर संघ यूकेका महासचिव लालबहादुर पुन, संघीय गठबन्धन यूकेका संयोजक पदम गाहा, शेर्पा संघका अध्यक्ष साना शेर्पा, तमुधिँ यूकेका पूर्व अध्यक्ष कमल गुरुङ, आदिवासी जनजाति महासंघ नेपालका पूर्व सचिव भक्त दुरा, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगर, आदिवासी जनजाति पत्रकार महासंघ यूकेका अध्यक्ष विश्वासदीप तिगेला, आदिवासी जनजाति महिला महासंघकी कार्यबाहक अध्यक्ष विमला राई लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
महासंघका अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव कर्मा पहाडी शेर्पाले गरेका थिए भने स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष जंग सुनुवार र हेल्थ एण्ड सेफ्टीबारे लोकेन्द्र तबेबुङले जानकारी गराएका थिए ।
कार्यक्रममा विभिन्न गीत तथा मौलिक नृत्य पनि प्रस्तुत गरिएको थियो । मनोरञ्जन कार्यक्रमको सञ्चालन भावना परिस्कृत सुनुवार र करिश्मा घमले गरेका थिए । लिम्बु सँस्कृतिकी अनुसन्धाता कलाकार झुमा लिम्बुले गीत प्रस्तुत गरेकी थिइन् ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ अगष्ट ९ का दिन विश्व आदिवासी दशक घोषणा गरेको दिनलाई नेपाल लगायत विश्वभरका आदिवासी जनजातिहरुले आदिवासी दिवसका रुपमा मनाउने गरेका छन् । यसवर्ष सो दिवसको नारा आदिवासीहरुलाई शिक्षाको हक भन्ने थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते