शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: ०७:२३ | UK Time: 01:38

गुल्मेली भेलामा हजार बढि सहभागी

वीनेपाली
२०७३ साउन २४ गते १३:०२

13975481_1283937845002993_9117874283987958347_o
लन्डन । अप्रत्यासित भीडकाबीच गुल्मी जिल्ला समाज यूकेको दशौं वार्षिक भेटघाट कार्यक्रम आइतबार सम्पन्न भएको छ । अल्डरसटस्थित कन्नट स्कुल प्रांगणमा आयोजित भेलामा एक हजार भन्दा बढि गुल्मेली तथा गैर गुल्मेली सहभागी भएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष राम गलामीको सभापतित्वमा भएको उक्त कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरन, अतिथी एनआरएनए युरोप संयोजक कुल आचार्य, पूर्व अध्यक्ष अर्जुन गौतम र संस्थापक अध्यक्ष ओमप्रसाद थापाले समाजका गतिविधिको प्रशंसा गर्दै शुभकामना दिए ।

महासचिव शिव भण्डारीले सञ्चालन गरेको पहिलो सत्रमा उपाध्यक्ष तोप पल्लीले स्वागत र अर्का उपाध्यक्ष फडिन्द्र भट्टराईले धन्यवाद मन्तव्य दिएका थिए । भण्डारीले यसपटक खादाले सम्मान र लामो भाषण प्रचलनलाई प्राथमिकता नदिइ करिब ४५ मिनेटमै औपचारिक सत्र समापन गरिएको बताए ।

13903240_1283937848336326_4881248935303985526_n

सभाहलमा औपचारिक कार्यक्रम भइरहंदा सहभागी बाहिर मैदानमा भलिवल प्रतियोगिता, झ्याउरे नाचगान, बीबीक्यू र केटाकेटी बाउन्सी क्यासल खेलमा मज्जा लिइरहेका देखिन्थ्यो ।

दोश्रो सत्रमा समाजकी प्रवक्ता मन्जु भण्डारीले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय स्तरका गायक गायिकाहरु देविका केसी, 
राधिका हमाल, थानेश्वर गौतम, जुना सिरिस र बीरु लामाको गायनमा 
रमाउनेको पनि कमी थिएन । उक्त अवसरमा किशोरी प्रतिष्ठा त्रिपाठीले ड्राइभर दाई… बोलको गीतमा आकर्षक नृत्य देखाएर माहोल अझ तताएकी थिइन् ।

भेलामा त्यत्रो भीडलाई व्यवस्थित तरिकाले खाना प्रवन्ध गरेकोमा समाजले भेटघाट रेष्टुरेन्ट र सञ्चालक शेर सुनारलाई धन्यवाद दिएको छ ।

कार्यक्रम संयोजन सचिव बीर बलाल र उपाध्यक्ष तोप पल्लीले गरेका हुन् ।

13920818_1283937931669651_1100064361395058306_n

13901308_1283937915002986_1376344308106318000_n

13900224_1283938161669628_2486556286685307526_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक