लोटसमा प्रिती र निता नाच्ने, अरु कलाकार गाउने

13613243_871413209655508_1881172466013738248_o

लन्डन । नेपालका लोकप्रिय गायक गायिका र नायिकाहरुको सहभागितामा उलवीचमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी आइतबार १४ अगष्ट सांझ लोटस क्लवमा सनराइज समर धमाका हुन लागेको हो । उक्त कार्यक्रममा लोकप्रिय गायिका तथा बेली डान्सर प्रिती आले, नायिका निता पोखरेल र गायकहरु रामजी खांड एवं थानेश्वर गौतमले आ आफ्नो कला प्रस्तुत गर्ने आयोजक प्रकाशराज कंडेलले जानकारी दिए ।

सांझ ७ देखि राती ११ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी भएर मनोरन्जन लिन कंडेलले सबैलाई आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा बेलायतस्थित नेपाली सञ्चारकर्मीलाई सम्मान समेत 
गर्ने तय भएको छ ।

कंडेलले नेपालबाट आएका प्रायः जसो कलाकारहरुलाई बोलाएर लोटसमा कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री