
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म बाटोहरु खोजी रहेछु
गन्तब्य तिमी नै हो बुझेर
एक्लै भौतरिएर यात्रा सुरु गरेको छु
भेट्ने आशा छ तिमीलाई
कल्पनाको तस्विरहरुमा तिमीलाई देखेको छु
सपनाका यथार्थहरूमा भेटेको छु
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म बाटोहरु खोजी रहेछु
जुनेली रातमा तिमी जुन हौ भनेर
तिम्रो अटुट साथमा म मग्न हुन्छु
चांदनी रातमा तिमी चांद बनेर
तिम्रो किरणहरुले मलाई हेरिदिए जस्तो गर्छौ
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म अझै हिंडिरहेछु
सपनाको यथार्थहरूमा
तिमीलाई अझै खोजिरहेछु
तिमी खोला बनेर कल्कलाउदै
अथाह सागरतिर ओर्लदा
म त्यही किनार बनेर
तिम्रो क्षणिक स्पर्शमा पनि दंग हुन्छु
भेट्ने रहर तिमीलाई लिएर
अझै गोरेटोहरुमा पर्खिने गरेको छु
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म अझै हिंडिरहेछु
सुगन्ध तिम्रो त्यो खोजमा
म फूल बनेर जहाँतहीं फूली दिन्छु
माया तिम्रो त्यो सोचमा
म मेरो जिन्दगी यसै गरी बिताइदिन्छु
हेर्ने रहर तिमीलाई
भेट्ने आशा छ तिमीलाई
तिम्रो प्रतिक्षामा म सधैं सधैं दंग हुन्छु
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म बाटोहरु खोजिरहेछु
गन्तब्य तिमी नै हो बुझेर
एक्लै भौतरिएर यात्रा सुरु गरेको छु
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक