लण्डन । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा एक दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।
शाखाले शनिबार लण्डनमा आयोजना गरेको सो तालिममा बेलायतको रोवर्ट गोर्डन युनिभर्सिटीबाट पत्रकारितामा विद्यावारिधि गरेका डा. नरेशचन्द्र राईले तयार गरेको इन्भेष्टिगेटिभ जर्नलिज्मसम्बन्धी सामग्री बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रस्तुत गरेका थिए भने क्यानाडाको ओटावा युनिभर्सिटीबाट जर्नलिज्म इथिक्समा विद्यावारिधि गरिरहेका भानुभक्त आचार्यले जर्नलिज्म इथिक्सका बारेमा तालिम दिएका थिए ।
तालिममा यूके र नेपालका विभिन्न मिडियामा काम गरिरहेका ३३ पत्रकारहरुको उपस्थिति थियो ।
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले बेलायतमा नेपाली पत्रकारहरुको सीप र क्षमता विकास गरी समुदायको अपेक्षा पूरा गर्न तालिम आयोजना गरिएको बताए ।
महासचिव लीलामान शेरपुन्जाले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष ध्रुवराज अर्यालले स्वागत गरेका थिए । सोही कार्यक्रममा बेलायतबाट नेपाल फर्कन लागेको शाखाका पूर्व कोषाध्यक्ष देवी गौतमलाई अध्यक्ष खपाङ्गीमगरले खादा ओढाइ बिदाइ गरेका थिए । गौतमले नेपाल फर्केर पुनः पूर्णकालिन पत्रकारितामा लाग्ने बताए ।
कार्यक्रममा प्रशिक्षक भानुभक्त आचार्यले उनले लेखेको ग्लोसरी अफ जर्नलिज्म र आमसंचार र पत्रकारिता अध्ययन नामक दुई पुस्तक शाखाका अध्यक्ष खपाङ्गीमगरलाई हस्तान्तरण गरे । तस्विर सौजन्यः गुणदेव घिमिरे
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा