लन्डन । लोकप्रिय नायिका प्रियंका कार्की यही ८ अगष्टमा लन्डन आउने भएकी छिन् । ६ महिनाबीचमा उनी दोश्रोपटक लन्डन आउन लागेकी हुन् । यसपटक प्रियंकाको बेलायत भ्रमण फिल्म प्रदर्शन वा नृत्य गर्न नभएर सुन्दरीहरुतर्फ लक्षित छ ।
२१ अगष्ट आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुन लागेको ५ औं मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरुका लागि कोरियोग्राफी गर्न प्रियंका यूके आउन लागेकी आयोजक शान्ति गुरुङले जानकारी दिइन् ।
२४ अगष्टमा नेपाल फर्कनुअघि प्रियंकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् ।
भर्खर अमेरिका घुमेर नेपाल फर्किएकी प्रियंका नेपालमा अति व्यस्त नायिका मानिन्छिन् ।
यसपटकको प्रतियोगितामा आठ जना सुन्दरीहरुले प्रतिष्पर्धा गर्दैछन् । अलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती भिडेका हुन् ।
साढे तीन बजे शुरु हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा छ । हालसम्म ट्यालेन्ट राउण्ड सम्पन्न भइसकेको आयोजकले जनाएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते