सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: १३:०६ | UK Time: 07:21

माया दिदीको रेस्टुरेन्टमा एक साँझ ! 

वीनेपाली
२०७३ साउन २१ गते १०:२३
Rabi

लेखक अर्याल

तीन बजेको सिफ्ट सकेर घर जान हतार हतारमा थिए, यहि १७ गते असाइनमेन्ट सब्मिट गर्नुपर्ने भएकोले बेलुकाको बाँकी शिफ्ट साथी रत्नलाई कभर गर्न भने अनि म्यानेजरसंग छुट्टि लिएर घर तर्फ लागे ! सेन्ट्रल लन्डनबाट रुमसम्म पुग्न अन्डरग्राउन्ड लिनुपर्छ तर मलाई त्यसदिन जुब्ली लाइन सिग्नल फेलिएर भएर ढिला भएको थाहा थिएन ! साविक झैँ बेकर स्ट्रिट स्टेसन पुगेको यात्रुहरू खचाखच स्टेशनमा भरिएका थिए !

सारै ब्यस्त यो सहरमा रेल सेवा सुचारु नहुंनुलाई गम्भीर ढंगबाट हेरिन्छ ! सामान्य स्तरको मान्छे देखि लिएर हाइ प्रोफाइल सम्मका मानिसहरुले प्रयोग गर्ने भएकोले पनि होला, घर पुग्नको लागि ब्याग्र म त्यही आक्रोसित मानिसहरुको भिडमा हराउन पुगे ! अब बैक्ल्पिक रुट प्रयोग गर्नुको बिकल्प थिएन! सोहि स्टेशन बाट बेकर लु लाइन समातेर इलाफेन्ट एण्ड क्यासल सम्म जाने र त्यहाबाट बस लिएर घरसम्म पुग्ने योजना बनाए! भर्खर आफिसबाट निस्केर गन्तब्यमा पुग्ने मानिस हरुको भिडले ट्रेनमा खुट्टा हाल्ने सम्म ठाउँ थिएन! दुइ ट्रेन मिस गरे पछि तेस्रो ट्रेनमा जनतन आफु उभिने सम्म ठाउँ मिल्यो, मेरो हाईट राम्रै भएको कारणले पनि मलाइ ट्रेनको जुसुकै साइडमा उभिनु गार्हो हुँदैन्थ्यो ! त्यसैले क्यारेजको बीचतिर उभिएँ ! ट्रेन आफ्नै रफ्तारमा कुद्यो ! समरका कुनै दिन यहां सारै उकुसमुकुसमय हुन्छन त्यसैले ट्रेनका भेन्टिलेटर खुला थिए, उच्च गतिमा चलायमन रेलको डब्बाहरु भित्रका झ्यालबाट सरररर हावा आँउदैथियो, गर्मीले आलस्य बनाएको शरीरमा हावाका ति झोंक्काहरुले नयां जीवन संचार गरेझैं लाग्थ्यो ! सधै क्याटवाक गर्न हिंडे जसरी चिटिक्क परेर हिंड्ने गोरेनीहरुको खैरो कपाल झ्यालबाट छिरेको शीतल पवनको बेग संगै कहिलेकाहीं आफैलाइ स्पर्श गर्थ्यो.करिब २५ मिनेटको यात्रा एलाफेन्ट एन्ड क्यासलमा आएर रोकियो ! ट्रेन टर्मिनेट भयो,सबै जना आ-आफ्नै गन्तब्यतिर लागे ! म पनि लामा लामा पाइला गर्दै स्क्यालेटरको लेभ्ट साइडबाट बाहिर निस्के ! त्यहाँबाट प्लमस्टेड सम्म आउन ५३ नम्बरको बस समात्नु पर्छ! बस स्टप सम्म पुगेर ३ मिनेट ड्यू भएको बसलाइ फेसबुक चलाउँदै वेट गरें!

बस डिस्प्ले गरेभन्दा ३ मिनेट ढिला आयो,यसरी ५३ नम्बर बस कुर्दा ६ मिनेट खर्च भयो ! बस त चढें तर बसमा मान्छेहरु सिन्की खाँदिएझैं खाँदिएका थिए ! गर्मीले खपिनसक्नु भइसकेको थियो! जति गर्मीमा नि काखी र पसिना नगनाउनु यहाँको मान्छेको विशेषतानै हो ! यसैले बसको यात्रालाइ केहि सहज त बनाउछ तर बाहिरको रापले तातिएको बसलाइ कसैले केहि गर्न सक्ने अवस्था थिएन, ट्राफिक लाइट, जाम झेल्दै करिब ४:१५ बजे बस ग्रीनवीच पार्कको उकालोमा रोकियो ! मलाइ घर पुग्न हतार भैरहेको थियो,मनको रापले बाहिरको उष्णतामा अझ घिउ थप्नेकाम गरिरहेको थियो ! पसिना निस्केर नि सुक्न लागेका थिए भने प्यासले मुख प्याकप्याक्ति हुन लागिरहेको थियो !

सुस्तसुस्त बस उलवीच सेन्टर पुग्दा करिब ५:२० भैसकेको थियो,लखतरान भैसकेको थिँए, डिहाड्रेसनले शरीर कमजोर बनाइरहेको थियो,आज राति १० हजार वर्डको एसाइन्टमेन्ट पूरा गर्छु भन्ने हिम्मत र संकल्पको साथ हिँडेको मेरो गति यहां आउदा सम्म धरासायी बन्न लागिसकेको थियो, तर अन्तरकुनामा दृढ प्रतिज्ञाको अंकुर उस्तै उर्वर नै थियो ! बसबाट झरेर लामो सास फेरें ! उलवीच मलाइ मन पर्ने बजार हो,सायद यो संगको निकटता लामै भएर नि होला ! यो संग जोडिएका सयौं तिता मीठा अनुभवहरुको संगालेको छु, यसैले पनि यो संग जोडिएका सबै कुराले मलाइ मनमा रमाइलो अनुभूति दिन्छ! म वुलवीचको पार्कमा एक्लै बसेर घन्टौं बिताइदिन सक्छु !नजिकै अफलाइसेन्स बाट ७५ सिएलको एउटा बोटल पानी किनेर घटघटघट पिएँ!सुख्खापनले रुखिएको सरीरमा चिसो पानीको मिलनले एउटा ताजगीको अनुभूति दिलायो ! हातमा बांधेको रोटरी घडि हेरें,छ बजिसकेको रहेछ!भोकले पेट रनथनिएको थियो,पानीले प्यास मेटे पनि भोक मेट्न सक्दैन !

रुममा एक्लै बस्छु,घरमा पकाएर खाने बानी पनि खासै छैन,फेरि एकचोटि जोडेका सरसमानहरु यत्रतत्र थिए!तिनीहरुको टुंगो पनि थिएन! फेरि टाइम पनि त लाग्छ, खाना बनाउनु, भाँडा माझ्नु अनि सिन्क सफा गर्नुपर्ने घरबेटिको कडा आदेश । यो सबै कुरालाइ सम्झना गर्दा नजिकैको नेपाली रेस्टुरेन्टमै गएर डिनर गरेर जानुमै उत्तम निकास देखें !

रेस्टुरेन्टको तर्फ मेरा लामा पाइला अघि सारें,पहिले १/२ पटक गएको भएर नि होला “माया दिदीको” रेस्टुरेन्टमै पसें ! सजिलो महसुस हुन्छ अलिकति चिनजान भएको ठाँउमा जाँदा !

सधै चहलपहल र जमघटले भरिभराउ हुने ठाँउ आज खासै ब्यस्त लागेन ! ढोकै निरको टेबलमा एउटा नेपाली परिवार गफगाफमा ब्यस्त थियो! भने कुना पट्टिको सिटमा एकजना नेपाली केटि मम खाँदै गरेको देखें ! सुरुमा अलि अफ्ठ्यारो लाग्यो,ढोका उघारेर जाँदा नै एटेन्सनको केन्द्रविन्दू आफै हुने कुरामा शंका थिएन तर पनि लज्जाको बोझलाइ आत्मविश्वाको टेका दिएर भित्र पसें !

नमस्ते दाइ आरामै हुनुन्छ?

औपचारिकता पुरा गरें ! अनि काउन्टर नजिकैको सिटमा गएर बसें,चारजना कस्टमरको टेबल भए पनि सुनसान देखेर मलाइ त्यहाँ बस्न संकोच लागेन ! टेबलमा बसेको केहि समयपछि हातमा मेनु बोकेर दिदी आउनु भयो ,मैले मेनुनै नहेरि, “दिदी एउटा फोस्टर, एक गिलास पानी अनि एक प्लेट पांग्रा अर्डर गरें !

सानो स्वरमा , हस् भाइ ! उताबाट उत्तर आयो !

अब म टेबलमा एक्लो थिएं, चारजना नेपाली परिवार आफ्नै संसारमा मग्न थिए,कुनाको सिटमा बसेकी केटी मोबाइलमा ब्यस्त देखिइ ! म पनि यो अन्तरिम शून्यतालाइ भंग गर्दै गोजीबाट मोबाइल निकालें, चार्ज हेरेको ४१% रहेछ, किन किन एकदम खुसी लाग्यो सायद म त्यो एक्लोपन कम गर्न चाहन्थें ! परिस्थितिपिच्छे मान्छेलाइ कति सानो कुराले नि खुसी पार्दो रहेछ, अचम्म लाग्यो !

फेसबुक खोलें, इन्स्टाग्राम स्क्रोल डाउन गरें, ट्विटरमा ट्रेन्ड हेरें खासै नयाँपन थिएन ! पहिले नै हेरिसकेका इभेन्टहरुले टाइमलाइन भरिएका थिए ! त्यहिपनि आफू मोबाइलमा ब्यस्त भएझैं गरिरहें!मोबाइलमा ध्यान दिएझै गरेपनि मन रेस्टुरेन्टका चारै कुनामा डुलाए ! केहि रित्ता टेबल र मेचले रेस्टुरेन्टको दृश्यलाइ बिरुप बनाएको आभाष भयो, आखिर कस्टमरहरुले भरिभराउ हुनुपर्ने यो साँझ किन यति सुनसान थियो होला ? मनमा यो प्रश्नको जबाफ खोज्दा नखोज्दै स्वभावत मेरा थकित आँखा कुनाको सिटमा बसेकी त्यहि केटिमा पुगेर टक्क अडिन लागे अनि चियो गर्न पनि ! शायद पुरुष मनको स्वाभाबिक अभिव्यक्ति थियो होला यो सबै !

अघिसम्म एउटी केटी लाग्ने त्यो दृश्य निरन्तर हेरिरहदा एकाएक बिधताको अनुपम सिर्जनामा परिणत भएझै लाग्यो ! मलाइ किन किन कस्टमर नभरिएर अधिसम्म सुनसान लाग्ने माया दिदीको रेस्टुरेन्ट भरिभराउ र उज्यालो लाग्न थाल्यो ! मोबाइलमा ब्यस्त त्यो सुन्दर युवतीलाइ हेर्ने सुनौलो मौका गुम्न दिने चान्स नै थिएन ! फेरी यताउती हेरेर मन बहलाउने अरु केही कुरा पनि थिएन सुनसान रेस्टुरेन्टको त्यो सानो परिधी भित्र,नहेरु भन्दा पनि आँखा त्यही गइहाल्थ्यो!

साइडमा कालो माइकल क्रोसको ब्याग अड्याइएकी, हातमा आइफोन सिक्स बोकेकी, त्यसैमाथि रोज गोल्डको केस, लामो लामो स्ट्रेट गरेको कपाल, अनुहारमा मेकअपको लेप, डार्क ब्लु कलरको ड्रेसमा सुसज्जित ति सुन्दरीलाइ लुकि लुकि हेर्दाहेर्दै टेबलमा दिदीले फोस्टर, पाइन्ट ग्लास र पानी ल्याइदिइसक्नु भएछ ! फ्याट्ट क्यानको बिर्को खोलें बियर अलि अलि स्पार्क भएर बाहिर आयो ! सुनसान वातावरणको सान्नाटामा त्यो आवाज सबैको ध्यान भंग गरेर आफैतिर तान्न सफल भयो ! वरिपरिका दृश्यसंग कुनै सरोकार थिएन थियो त केवल किचनको छेउकै टेबलमा बसेको त्यो सुकोमल ब्याक्तिसंग ! बाहिर निस्केको सेतो बियरको फिँजलाइ सिधै क्यानबाटै तानिदिए ! ठाडो घाँटी बनाएर बियर पिंउदै गर्दा मेरो आँखा कुनाको त्यो युवतिसंग गएर ठोकिन पुगे, जहाँ प्रतिउत्तरको फिस्स हाँसोले वातावरणलाइ सहज बनाइदियो ! गाजल र मेकअपले सुसज्जित त्यो मुहारमा मुस्कानको त्यो पलले आभूषण लगाएको थियो, जति हेरे पनि मन नभरिने त्यो दृश्य बारबार हेर्नको लागि म जति बियर पिउन पनि रेडि थिएं  !

दिदीले अगाडि टेबलमा पांग्रा राखिदिएर जानुभयो, पानी र बियर पिएकोले होला मलाइ ट्वाइलेट जान मन लागिरहेको थियो, अन्डरग्राउन्ड ट्वाइलेट गएर निस्कें, पांग्रा र बियर टेबलमा यसै थिए थिए भने मेरो मेचमा राखेको झोलाले तिनिहरुलाइ बेवारिसे हुनबाट बंचाइरहेको थियो ! रेस्टुरेन्टमा फ्याट्टफुट्ट टेकअवे लिउन आउने मान्छेको चहलपहल बढ्दै थियो !मेरा आँखा भने कतिबेला मोबाइलमा त कतिबेला कुनाको त्यहि सिटमा डुलिरहेका थिए ! आखिर उनलाइ पनि त साथैको गिलास चियर्स गरेर ठोक्याउने साथी चाहिएको होला, एक अर्कासंग परिचय गर्दैमा के नै जान्थ्यो र?यस्तै मनमा कुरा खेलाउँदा खेलाउंदै पांग्रा सिध्दिसकेको थियो भने बियर पनि अन्तिम घुट्को बाँकि थियो,फेरि अर्को फोस्टर अर्डर गरें ग्लास चाहिंदैन दिदी भनिदिए !

बियर टेबलमा आइपुग्नलाइ केहि समय लाग्यो, मेरो ध्यान बराल्नु थियो कहिले त मोबाइल कहिले झोलामा राखेको पुरानो प्रेमचन्दको पुस्तक पल्टाउन खोजेँ ! अहँ! पटक्कै ध्यान गएन  ! दोस्रो फोस्टर फ्याट्ट गर्दै खोल्दा त्यति आवज आएन, तुनुक्क बियरको घुट्को पिउन आतुर मेरो मन ठाडो घाँटी बनाएर क्यानबाटै पिइदिँए !

क्यान र मुखको त्यो अनुपम संयोगलाइ म जतिसको बिलम्ब गर्ने दाउमा थिए यसो गर्दा मैले कुनाको सिटमा आसीन सुन्दरीको असीमित दर्शन गर्न पाउँथे !

आखिर उ पनि त एक्लै थिइ, लगभग मेरै उमेर बराबरकि तर परम सुरुपी,बोल्न पाए वा संगै बसेर गफ गर्न पाए यो एकलासे बसाइ कति रमाइलो हुन्थ्यो होला, यस्तै यस्तै मनका लड्डु मनमै फुटाउँदै म मोबाइलमा फेरि घोत्लिरहेंं!

उसलाइ पनि सायद बाथरुम जानुपर्ने रहेछ क्यारे , टाउकोमा अडाएको अरमानीको लेडिज गगल्स टेबलमा राख्दै बाथरुम तिर लागी!उसको फूल फिगर हेर्ने यो भन्दा उत्तम मौका केहि थिएन, त्यसैले उ उठेर सिढींमा पुगुन्जेल खुब नियांले उसलाइ उसले नि थाह पाओस भन्ने जसरी  !

करिब ५,७ ईन्च हाइट रहेछ,हुनत हाइ हिल जुत्ताले हाइट बढिदेखिएको नि होला भन्ठानें,किन किन उसको त्यति धेरै हाइट,अनि त्यो लचिलो हिडाइ, मनमा त्यसै एककिसिमको बेचैनि उत्पनन भएको थियो ! मनमनै बिचार गरें !

“ह्य यसपाली त बोल्छु जे पर्ला पर्ला आखिर बोल्दैमा के नै अपराध हुन्छ र ,फेरि रेस्टुरेन्टको शून्यतामा उ पनि त एक्लै छ,कसैको प्रतीक्षा गरेको भए पनि यतिन्जेल उसको साथी आउनु पर्ने !”

मैले अनायसै यस्तै परिचय गरेर बनाएका केहि साथीहरु सम्झें, दुइ चार जना बाहेक सबै आत्मीय नै छन यद्यपि !

देब्रे हातमा ब्याग झुन्डाएर बाथरुम झरेकि उ आउन केहि ढिला गरि यहिबेला मैले तेस्रो फोस्टर अनि भट्मास साधेंको अर्डर गरिहालें ! नियमित भन्दा अल्लि छिटो अर्डर आयो टेबलमा यतिन्जेल सम्म म उसंग जसरी नि बोल्ने संकल्प गरिसकेको थिएँ !

ट्वाक~~ट्वाक ~~ट्वाक हाइहिल स्यान्डलको पदचाप सिढिंमा सुनियो, सुनसान बातावरणमा निस्केको त्यो आवाज मेरो मष्तिस्कसम्म आइपुग्दा डर,कौतुहलता र खटपटिको एटम बम बनेर बज्रिसकेको थियो ! सिढिं सकेर भुइँमा निस्केपछि उ पनि सिधै सिटमा नगइ यसो रेस्टुरेन्टको चारै तर्फ नजर डुलाइ,पारदर्शी झ्यालबाट यस्तो बाहिर चिहाइ,मानौं उसले आजसम्म त्यस्तो दृश्य कहिल्यै देखिकी छैन!

उस्को सम्मुखमा म थिएँ मैले पनि उतिरै हेरें , उस्को र मेरो नजर जुधे ,सायद यहि अक्वार्डपनलाइ हल्का गर्न हामी दुवैको मुखवाट एकै बाक्यै निस्क्यो ः “HI”, “HI”

दुबैजना फिस्स हांस्यौ, उ हांस्दा पूर्णिमाकि चन्द्र लाग्थी भने म हाँस्दा कस्तो लाग्थें राम जाने !

“नेपाली हो” ?

उ नेपाली हो भन्ने जान्दाजान्दै पनि परिस्थितिलाइ सामान्यकरण गर्न मैले सोधें !

“हजुर!”

उताबाट कोकिलकन्ठि आवाजवाट उत्तर आयो !

आरामै हुनुन्छ ?

थप सहजीकरणको लागि मैले सोधें !

“हजुर ! एकदम आराम छु ! अनि हजुर नि ! ?”

उताबाट प्रश्नमिश्रित उत्तर सुनेपछि बोलें !

“म पनि ठिकै छु, तर तपाइ जति एकदम चाहिं छैन !”

अलि अलि ब्याग्यात्मक शैलीमा कूटनीतिक जबाफ फर्काएं,मेरो पनि स्वार्थ थियो कि उसले अगाडि केहि सोधोस , बुझ्न खोजोस !

पुन: उहि उजेलो हाँसोका साथ उसले भनि !

“लौ के भयो र? हेर्दा त तपाइ म भन्दा नि ठिकठाक देखिनुहुन्छ नि !”

म हाँसे ,

म यो कुराकानीलाइ नियमित गर्न चाहन्थे तर उ उभिएर अनि म बसेर हैन कि दुबैजना संगै बसेर !

“किन उभिनु भाको?आउनुस न बसेरै गफ गरौं, यहाँ पनि मेच खाली नै छ क्यार !””

मेरो अनुरोधात्मक आग्रहलाइ उसले यति सहर्ष स्वीकार गरि कि बिधुत बेगमा “भैहाल्छ नि'” को उत्तर पस्केर !

“पख्नुस ल ,”आफ्नो टेबलमा छोडिएको चस्मा,अनि ड्रिंग्स लिन हिंडी!आफ्नो हातको झोला मेरै टेबलको छेउमा राखेर !

“उफ् !कस्तो गर्मी हगि” कुर्ची तान्दै गर्दा उसको अभिब्यक्ति आयो!

“एकदम! एकदुइ दिन भयो सारै गर्मी बढेको छ !” मैले निसंकोच उसको भनाइमा थपथाप गरें ! अब हामी दुइकुनाका अपरिचित एउटै टेबल सेयर गरेर बसेका नजिकैका साथी जस्ता भयौँ !

“भट्मास मन पर्छ ?” अनौपचारिक बन्न खोज्दै प्रश्न तेर्साएँ !

“ठिकै लाग्छ,तर म त चिकेन मम लिँदै छु त”

उसको भटमासमा त्यति रुचि नदेखेपछि मैले त्यो प्रसंगलाइ त्यही पूर्णबिराम लगाइदिएं !

एकछिन दुबैजना मौनतालाइ साक्षी राख्दै भट्मास र चिकेनको स्वाद लिइरह्यौं!

“साच्चि तपाइको शुभनाम ?”

मैले कुराकानीलाइ अगाडि बढाउन खोज्दै सोधें!

“उर्वसी अधिकारी”

उसको बालसुलभ उत्तरले मनमा उप्रति अझ श्रद्दा बढायो !

“अनि तपाइको नि?” मेरो प्रश्नको आत्मसम्मानलाइ रक्षा गर्दै उसले प्रतिप्रश्न गरि,मैले पनि सरल जबाफमा नाम र थर बताइदिएँ!

“अनि नेपाल घर कहाँ नि? पुन: म नै बोलेँ!

“काठमाडौंं, नैकाप !”

“अनि हजुरको ? ”

“गुल्मी”

मेरो उत्तर सुनेर उ “ए ए! ” को भावमा चुपचाप रहि !

पिलेटमा बचेको लास्ट पिस ममलाइ काँटाले घोँचेर चट्नीमा डूबाउन खोज्दा खोज्दै उसको त्यो नाजुक मम आधा त्यहीं चुँडेर खस्यो! मैले नहरेझै गरिदिए,किन म त्यसो गरे मलाइ थाह छैन !

अनि कुराकानी सुचारु गर्दै सोधें “यूके आएको कति भयो नि तपाइ ?”

“अगस्त ,२०११”

“पढाइकै सिलसिला वा अरु कारण ?” उसको संम्भावित प्रतिप्रश्न लाइ जित्दै मैले सोधें !

“अँ! स्टुडेन्ट भिषामै हो,अनि स्टिल स्टुडेन्टनै छु !”

मैले अपेक्षा गरेभन्दा बढि उत्तर पाएर म मनमन खुसि भएँ !

उनि उसको जबाफ फर्काउँदै भने ” म पनि स्टुडेन्ट नै हो,२००९ अक्टोबरमा आएको !”

कुराकानीकै सिलसिलामा दुबैका गिलास र प्लेटहरु रित्ति सकेका थिए भने रेस्टुरेन्टको चहलपहल बिस्तारै बाक्लिँदै थियो !

“के अर्डर गर्ने तपाइ?” मेरो सोधाइलाइ साथ दिंदै उसले भनि “डबल जेडि विद कोक र आलु चाट , त्यहि उज्यालो हाँसो छर्दै उसले मलाइ अर्डर गरि !

म हाड ड्रिंग्स गर्दिननै भने पनि हुन्छ, उ केटी मान्छे डबल जेडि पिउने! उसको रोजाइमा केहि प्रतिक्रिय जनाइन!

टेबलमा बियर र पाग्रा ल्याइदिने दिदी यसपाली अर्डर लिन आउनुभएन, उहाँको ठाउमा दाइ आउनुभयो मन्द मुस्कानको साथ अर्डर टिप्न लाग्नुभयो!

“डबल जेडि बिद कोक, एउटा फोस्टर, आलु चाट र चिकन मम अनि एक ग्लास पानी,..”म घोकेर कण्ठ गरेको उत्तर शिक्षकलाइ सुनाउने अनुशासित बिधार्थी झैं एकै स्वासमा अर्डर दिए!

“हस!” भन्दै हाम्रा अगाडिका खाली प्लेटहरु उठाइदिएर दाइले लैजानुभयो !

हाम्रा अगाडि अब रित्तो टेबलमा बाँकि केहि थिएन केवल उसको एउटा चस्मा र हाम्रा दुइ आइफोन बाहेक !

“कुन युनि पढ्दै हुनुन्छ नि? खालीपनलाइ थोरै रंग भर्ने हिसाबले मैले सोधें !

“बिपीपी बाट भर्खर प्रोजेक्ट म्यानेजमेन्टबाट एम एस्सी सकेर रिजल्ट वेट गर्दै बसेको”

“वाह! राम्रो युनि हो है त्यो,प्राइभेट भएपनि राम्रै र्याकिंगमा भएको”

मैले उसको युनिको तारिफ गर्दिए तर अपेक्षित उत्साह केहि पाइन केवल “अं! ठिकै छ “बाहेकको !

हामी औपचारितामै सिमीत थियौं,मैले पनि मेरो युनि र एम बिए गर्दै गरेको कुरा बताएँ उसले “अल द बेस्ट” भनि अनि “मैले पनि थ्यांक्स”को अटोमेटिक रिप्लाइ दिएँ !

अर्डर गरेको लामो समय सम्म पनि टेबलमा खाना आइसकेको थिएन ! सधै खाना कुर्दा पट्यार लाग्ने मलाइ त्यसदिन कस्टमर सर्भिससंग रत्तिभर पनि गुनासो थिएन !

“काम के गर्नुहुन्छ नि? एकछिनको मौनतालाइ चिर्दै उसले सोधी !

“सेन्ट्रल लन्डन तिर एउटा कोरियन रेस्टुरेन्टमा गर्छु , एज अ असिटेन्ट म्यानेजर !” बास्तवमा म म्यानेजर स्यानेजर केहि थिइन,किचनमा काम गर्थें, एसिटेन्टको रुपमा सबै गर्नु पर्छ, तर उसलाइ त्यो सबै बताइरहन आवश्यक ठानिन वा लघुतावाशको शिकार भएँ, जे होस यो अन्तरालमा पहिलो पटक उसलाइ मैले अर्धझुठ बोलें !

“वाह! मलाइ पनि कोरियन फुड मनपर्छ ,अनि कोरियन बारबिक्यु खुब मन पर्ने कुराको बयान गरि!

अब सोध्ने पालो मेरो थियो ,”तपाइ के गर्नुहुन्छ नि? ”

“म मोनाकन फ्याम्लीको घरमा लिभिंग इन न्यानीको रुपमा काम गर्छु, इलिंगनिर” मलाइ उसको प्राकृतिक र सरल एन्सरले मुटुमै हान्यो,आखिर उसले पनि कहिं म्यानेजर गर्छु भन्न पनि सक्थि “के गर्नुपर्छ नि न्यानीको रुपमा काम गर्दा ? मोनाकन मान्छे त खुबै धनी हुन्छन है?” मेरो मुखवाट प्रश्नमिश्रित वाक्य निस्केपछि, उसले भन्दै गइ !

“सबै गर्नुपर्छ नि,३ वटा बच्चा छन उनीहरुको खाना बनायो, नुवाइ धुवाइ गरायो, टेक केयर गर्यो, कपडा आइरन गर्ने देखि लिएर ३ तले घरमा भ्याकुम क्लिनर लगाउनु पर्ने अनि सुत्दा कहिलेकांहि १/२ बज्ने “सम्मको सबै बृतान्त पस्कि !

“अनि गार्हो हुदैन त यति विधि काम गर्न?” मैले सहानुभूति प्रकट गरें !

“हुन्छ नि तर सबै म्यानेज गर्न भ्याएकि छु, पैसा राम्रो छ त्यसैले अरुतिर काम पनि गर्न मन लाग्दैन”

उसको उत्तर सुनेर मनमनै सोचें काठमाडौंको केटिलाइ नि पैसाले हुरुक्क हुनि गरि मिलेको यो काममा कति इन्कम हुन्छ होला, मेरो छुचो मन उसको स्यालरी जान्न उत्सुक भैरहेको थियो तर असभ्य बनिने डरले सोध्ने आँट गरिन !

यत्तिकैमा टेबलमा अर्डर आइसकेको थियो, भोको पेटमा चौथो बियर सुरु गर्दै गर्दा मलाइ अलि अलि नशा चढ्न लागिसकेको थियो भने उसको पनि तेस्रो लट डबल जेडि रहेछ, उ पनि रमरम भैसकेकि थिइ!

बाफिलो ममको पहिलो पिस मुखमा राख्दै म कुरा अघि बढाउने मूडमा थिएँ! एक अर्काको केहि आधारभूत जानकारी पाइसकेपछि मैले अझ नजिक हुने प्रयास गर्दै भनें ”

नाम जस्तै सुन्दर तपाइको यो न्वारन गर्ने मान्छे को हो नि ? ”

“हाँसोको मन्द अट्टाहास छोड्दै उसले भनि,”ड्याडि मम्मी नुवाकोटबाट आउनु भाको,उहाँहरु परम्परागत सोचाइ अनि धार्मिक प्रवृत्तिमा बिश्वास गर्नुहुन्छ,उसैमाथि ड्याडि श्रीपाँचको सरकारको संस्कृति , पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गतको शाखा अधिकृत हुनुहुन्थ्यो, त्यसैले ड्याडिमा धार्मिक चरित्रको गहिरोछाप परेको हुनुपर्छ मलाइ थाह छ उर्वसी स्वर्गकी अप्सराको नाँउ हो !”

उसको तार्किक र वौद्धिक जबाफ सुनेर म अवाक भएँ ! उसको त्यो तार्किकता र ब्यवहारिकपनले मलाइ अझ नजिक तानिरहेको थियो!

यत्तिकैमा प्रलेन दाइको फ्याम्ली डिनरको लागि आउनुभयो, हाम्रो दोहोरो चिनजान छ, म कतिपटक उहाँकोमा गएर बसेको पनि छु! नमस्तेको औपचारिकता सकेपछि दाइ भाउजू ग्राउन्ड फ्लोरमा जानुभयो,सायद मलाइ केटीसंग बसेर खाएको देख्दा अलि अफ्ठ्यारो पो मान्नुभयो भन्नेझैं लाग्यो, होइन भने माथि त्यति धेरै टेबल खाली हुंदा तल जानुपर्ने आवश्यकता थिएन ! तर जे भए पनि दाइ भाउजूको नजरमा म एउटा गतिलो,  बिशेष र चरित्रवान युवक थिएं !

मेरो प्लेटको मम पनि बिस्तारै सकिदै थियो थियो, कुराकानीलाइ जीवन्त राख्दै मैले सोधें !

“लन्डन आउनुमा कुनै गुनासो छ कि नाइं नि?”

गगल्स आफ्नो टाउकोमा राख्दै भन्दै गइ “छ नि ! युएसको ओहियो युनिभर्सिटीमा स्कलरसिप मिलेन अनि म बत्तिएर यता आएको ,सासद अझ एकदुइ पटक ट्राइ गर्नुपर्ने रहेछ ! पछिबाट बुझें सक्सेस हुंदो रहेछ”

मलाइ पनि उसको इमान्दार पश्चतापले मनमनै नरमाइलो लाग्यो फेरी युएस गएको भए आझ हाम्रो भेट त हुंदैन्थ्यो भन्दै मनमन चित्त बुझाइदिए !

“अनि ईलिंगकको मान्छे आज यता किन त?” प्रसंग मोडेर म कुराकानीलाइ निरन्तर बनाउने प्रसासमा थिएँ !

“होलिडे थियो,थेम्समिड साथिकोमा आएको। आज उसको नाइट सिफ्ट जसरी नि जानु पर्ने भयो अनि बोर लागेर यता आएकि !”

“ए! म मज्जाले टाइमपासको साथी भएछु है ? हाँसो मिसिएको मेरो जबाफ अन्तत उसको पनि मधुर मुस्कान सित मिसिएर रेस्टुरेन्टको कुनासम्म पुगेर प्रतिध्वनित भयो!

कुरैकुरामा थाह भयो,काठमांडौ भिएस निकेतनबाट ७९% ल्याएर एसएलसी गरेकी उनको डाक्टर बन्ने सपना भने अधूरो नै बनेछ ! भाइको बाइक एक्सिडेन्टमा परेर डेथ भएपछि परिवार कठिन समयबाट गुज्रेको रहेछ ! जवान भाइको दुर्घटनाले परिवारमा एउटा कठिन मोड ल्याएर छोडिदिएछ भने एकहदको मानसिक सन्तुलन नै बिचलित बनाएको रहेछ सम्पूर्ण परिवारको ! यो कहालीलाग्दो घट्नाको बर्णन गर्दागर्दै उनको आँखा आंसुले भिजीसकेका थिए, सुन्दर अनुहारको त्यो कान्तिलाइ बिषाद शोकको बादलले ढपक्क छोपिसकेको थियो ! मैले सम्झाइदै थिएं  ! मान्छे जतिसुकै ज्ञानी र साहसी किन नहोस आपतबिपद् पर्दा अरुको सानो सहयोगले कति ढाडस दिन्छ भन्ने कुरा मैले बुझ्थेँ ! निरन्तर उनको यो कहालीलाग्दो कुराको सेयरिंगले !

मलाइ झन उप्रति अभिरुची बढाईरहेको थियो !

चार घन्टा पहिले भेटेको अपरिचित युवकसंग यति आन्तरिक र पारिवारिक कुरा खोलेर घनिष्ट हुनु आवश्यक थिएन ! लाग्यो उसलाइ नि मन खोलेर कुरा सुनिदिने मान्छेको खोजी रहेछ क्यार,यसो गर्दा मान्छेको ट्रमा रिलिफ पनि हुन्छ !

दुख सुख अनि पीडा र हाँसोका गफैगफमा चुर्लुम्म डुबेका हामी दुइ प्राणीको त्यो दृश्य रेस्टुरेन्टको शोभा बढाइदिने सुन्दर चित्र मात्र थिएन,हाम्रो अनमोल मिलनको एउटा जीवन्त साक्षी पनि थियो !

यत्तिकैमा हातमा बाँधेको कालो रोटरी घडीमा मेरो नजर पुग्यो घडीले पौने दश बजाइसकेको थियो, बिस्तारै वुलवीचको दिवाकालीन चहलपहल मधूरो हुंदै थियो भने रात्रीकालीन जीवन सुरु हुंदै गरेको आभाष हुन्थ्यो !

हाम्रा खाना मात्र हैन गिलास पनि रित्ति सकेका थिए, टेबलमा दिदी प्लेट लिन आँउदा पो झसंग्ग जस्तै भयौं,

“अरु केहि थप्ने?”

अत्यान्तै सौहार्दतापूर्ण शैलीमा ब्यावसायिकताको थोरै चट्नी थपेर दिदीले सोध्नुभयो, हामीले पहिलेकै ड्रिंग्स एक एक पटक थप्ने अनि दुइ प्लेट चिकन मम अर्डर गर्योँ!

समयले आफ्नो धर्म निभाँउदै थियो,लन्डनमा समरमा ९/१० बजेसम्म उज्यालै हुनु स्वभाविक नै हो,तरलअबभने समयले साँच्चै कोल्टे फेरिसकेक थियो,यसपालीको अर्डर भने सोचेभन्दा छिट्टै टेबलमा आइपुग्यो,पाँचौ बियरको नशा ममा चढिसकेको थियो भने उसमा पनि बिस्तारै जेडिको प्रभाव देखिन थालेको थियो ! मैले बुझिसकेको थिँए उ पूर्ण होसहवासमै छ, किनकि त्यो साँझ मात्र उसको जेडिमय थिएन ! काठमाँडौकै उच्च मध्यम परिवारमा हुर्केकि उ नेपालमा नि भाइको डेथपछि ड्रिग्सँ सुरु गरेको अड्कल काट्न मलाइ गार्हो भएन !

सुन्दरताकी अनुपम त्यो मूर्तिमाथि नशाको प्रभावले अझ चारचाँद लगाइदिएको थियो,उसको गाला,आँखा र कानमा बिस्तारै लाली चढ्न थालिसकेको देख्न सकिन्थ्यो ! म भने फोस्टरको नशा हो वा उसको सौन्दर्यको ,कुनमा मन्त्रमुग्ध थिएँ भन्ने कुरा छुट्टाउन नसक्ने भइसकेको थिएं!

गफ,मदिरा र खानाको अनौठो मिलनले हाम्रो पौने एघार बजाइदिएछ,अब हामी तपाइबाट तिमीमा झरिसकेका थियौं, संभवत म जस्तो अन्तर्मुखी स्वभावको मान्छे यति धेरै गफिएर बसेको देख्दा आफै प्रति अचम्म लाग्यो !

“अब उठ्ने हैन ………. ?”

उसको त्यो आवाजले पुन; मलाइ घडि हेर्न बाध्य बनायो,एघार बजिसकेको रहेछ ! अब हामी ड्रिग्सं नथप्ने भन्ने पक्षमा मन्जुर भइसकेका थियौं!

“दाइ बिल ल्याइदिनुस त”

सदाबहार मुस्कानको धनि दाइले टेबलमा मुसुक्क मुस्कुराउंदै दुइटा ललि पपसंगै बिल ल्याइदिनुभयो, म पैसा निकालेर तिर्न खोजें,उसले रोकि ! अनि सबै पैसा आफैले तिर्ने जिद्दी गरि तर केटिसंग बसेर खाँदा आफूले एकपैसा पनि नतिर्नु मेरो पुरुषमनले मानेन,धेरैबेरको खिचातानी पछि आधा आधा तिर्ने राजी भयौँ!

नशाको चरम आन्नदपन महसुस गरिरहेको थिँए सायद उतापनि त्यस्तै भइरहेको थियो होला ! बिल र बाथरुम सकिसक्दा हाम्रो साढे एघार बजिसकेको रहेछ ! म त्यतिबेला उलवीच नजिकैको विल्सटन स्ट्रिटमा सिंग्गल रुममा बस्थें, म बस्ने घरपरिवार अलि एकल काँटे थियो, कसैलाइ कसैको मतलब हुंदैन्थ्यो ! त्यसैले साथी लैजानु मेरो निम्ति सजिलो थियो!

उसको पनि थेम्समिडको साथी बिहान आठ नौ बजे मात्र आउने रहेछ, हामी मेरै रुममा जाने निर्णय गर्यौं! सबै कुरा मैले अघि नै बताइ सकेको थिएं !

गोजीबाट मोबाइल झिकें, २१% चार्जमा झरेको मोबाइलमा हतार हतार उबर दबाएँ, चारमिनेटमा कार अगाडि आइपुग्यो ! करिब ५ मिनेटको कार राइडपछि हामी हाम्रो रुममा पुग्यौं!

अर्को दिन !

बिहान ६ बजेको आलर्म सेट गरेर सुतेकि उसको आलर्मको आवाजले म ब्युझे! हतार हतार वासरुममा गएर उ थेम्समीड लागि म भने अझ तिन घन्टा बढि सुत्ने पझमा थिएं ! नौ बजे बिउँझे,उसलाइ म्यासेज गर्न भूलेको थिएं गरे । अघिनै गएर उ पनि बेडमै पल्टेको रैछ, मोबाइल सबै चेक गर्दै गएं । ७८९ बाट ७८० भएको इमेल नोटिफिकेसन रहेछ, क्लिक गरेर हेरेको युनीले सेन्ड गरेको असाइनमेन्टको डेडलाइन एकहप्ता लम्बिएछ भनेर खुसी लाग्यो फेरी एकपल्ट सुत्ने रहर लाग्यो …!

Follow me on Twitter/Insta @ lamrabi1

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक