
लन्डन । पश्चिम नेपालको बाग्लुङस्थित दृष्टिविहीनहरुको सहयोगका लागि चार नेपाली युवा जुटेका छन् ।
कृष्णप्रसाद पंगेनी (स्याङजा), अर्जुन खनाल (स्याङजा), प्रकाश थापा (बुटवल) र शिव न्यौपाने (रुपन्देही) ले दृष्टिविहीनको सहयोगार्थ गत जुलाई ३१ तारिखका दिन ब्रिटिश हार्ट फाउण्डेशनद्वारा आयोजित साइकल दौडमा भाग समेत लिए । दुई हजार पाउण्ड उठाएर नेपाल पठाउने लक्ष्यसहित उनीहरुले दौडबाट १८० पाउण्ड संकलन गरेका छन् र सहयोग संकलन कार्य जारी छ ।
संकलित रकम बागलुङका दृष्टिविहीनहरुका लागि दुई सयवटा सेतो लठ्ठी किन्न र दृष्टिविहीन विद्यार्थीकालागि शैक्षिक तथा खेल सामग्री किन्न उपयोग गरिने ति युवाले जानकारी दिए ।
संकलित रकम यूकेमा रजिष्टर्ड च्यारिटी हेल्प नेपाल नेटवर्क यूके शाखासंगको सहकार्यमा नेपाल पठाइने जनाउंदै ति युवाले आफ्नो अभियानमा सघाउन बेलायतवासी समस्त नेपालीलाई आग्रह गरेका छन् । इच्छुक दाताहरुले तलको लिंकमा गएर अनलाइन डोनेशन गर्न सक्ने जनाइएको छ ।
https://www.justgiving.com/fundraising/krishna-pangeni-praskash-thapa-arjun-khanal-shiva-neupane-krishna-p-sharma
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते