कार्यक्रमका प्रमुख अतिथि नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको बाहुलीबाट भैरवनाथ रिमाल कदमलाई एकलाख रूपैयाँ धनराशीसहित ताम्रापत्र प्रदान गरियो ।
उक्त कार्यक्रममा भिमु मेमोरियल ट्रस्ट संस्थाकी अध्यक्ष एवम् नेपाल गीतकार संघको आजीवन सदस्य गीतकार तथा पत्रकार जानुका राईले आफ्नो संस्थाबाट नेपाल गीतकार संघलाई नेपाली रुपैयाँ चालिस हजार मूल्य बराबरको कम्प्यूटर हस्तान्तरण गरिन् ।
संघले वर्षेनी दशवटा गीतहरूलाई उत्कृष्ट पुरस्कार दिने क्रममा यो वर्ष भने रविन्द्र आशीष शैलीको, ‘आँखा खोल्दा तिमीलाई’, राधिका अधिकारीको ‘जति छाल आएपनि’, तुलसी बस्नेतको ‘तिमीलाई भुल्दैछु किस्ता किस्तामा’, किरण बरालको ‘ड़ोल्पाले चामल पा छैन’, लोकलाज अधिकारीको ‘जे गर्दा नि मिल्दैन’, महेश आचार्यको ‘आफ्नै घर सल्काएर’, नृपध्वोज खड़्काको ‘बरै ढल्यो’ र राजन ठकुरीको ‘बाटो मोड़्ने छैनन्’ छनौट गरी सम्मान गरेका छन् । यसैगरी चन्द्र चाम्लिङको प्रेमको तस्वीर र लक्ष्मी अधिकारीको ‘लक्ष्मी’ गीतिसंग्रहलाई उत्कृष्ट कृतिको रुपमा छनोट गरी सम्मान गरेका छन् ।
उक्त समारोहमा कुलपति श्रेष्ठले नेपाल गीतकार संघले गीत वाङमय क्षेत्रलाई बलियो बनाउदै जीवन र जगतका प्रतिबिम्ब समेट्ने मानव जनजीवनका ढुकढुकी छाम्न सक्ने गीतहरूको गहिरो अध्ययन हुनुपर्छ भन्ने विचार व्यक्त गरेका थिए । उनले नेपाल बाहिर रहेर पनि नेपाली साहित्य र नेपाली भाषाका लागि आफ्नो संस्थाको माध्यमबाट अतुलनीय योगदान पुर्याउन सफल भिमु मेमोरियलकी आध्यक्ष तथा पत्रकार जानुका राईलाई समाजको एक उदाहरणीय व्यक्तिको रुपमा प्रशंसा गरे । साहित्यकार तथा पत्रकार जानुका राईको ‘धर्तीको जन्म’ (गीति संग्रह), समर्पण गीति एल्वम साथै अन्य फुटकर गीत रचनाहरु श्रोता पाठकसामु पस्किसकेकी छिन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह