दुख्दै मुटु भए पनि बाँच्न सिकेको छु

दुख्दै मुटु भए पनि, बाँच्न सिकेको छु
चोटहरु सहेर नि, हाँस्न सिकेको छु
सहनु पर्ला जीवनमा,  यस्ता धेरै चोटहरु
पछि सम्म आँसूलाई, साँच्न सिकेको छु
कस्को यहाँ बिश्वास, सबै घात गर्छन
चोटको बदला माया, साट्न सिकेको छु
आकांक्षाको फूलहरु, फुल्न नपाए पछि
रहरहरुको  मुनालाई, भाँच्न सिकेको छु
मन पर्दैन कसैलाई, अध्यारो  रातहरु
आफै सल्किएर उज्यालो, बाँड्न सिकेको छु
दुख्दै मुटु भए पनि, बाँच्न सिकेको छु
चोटहरु सहेर नि, हाँस्न सिकेको छु
भोला बिक्रम राई
खोटाङ, बुईपा-१
हाल: संयुक्त अधिराज्य वेलायत
भाेलाविक्रम राई

भाेलाविक्रम राई

प्रतिक्रिया

सम्बन्धित सामाग्री