कर्णेल लामालाई एउटा मुद्दामा सफाइ, अर्को एक महिनासम्म स्थगित

Kumar

लन्डन । नेपाली सेनाका कर्णेल कुमार लामाले आफूविरुद्ध बेलायतमा लगाइएको यातना सम्वन्धि दुई मध्ये एउटा मुद्दामा सफाइ पाएका छन् ।

सोमबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा सम्माननीय जस्टिस स्वीनीको इजलासले सफाइ दिएको हो । तर, अर्का बन्दीको लामाविरुद्धको यातना सम्वन्धि मुद्दामा भने १२ सदस्यीय जुरी सोमबारसम्म टुंगोमा पुग्न नसकेपछि आगामी सेप्टेम्बर पहिलो साता पुनः इजलास बस्ने गरि स्थगित भएको श्रोतले जानकारी दिएको छ ।

जुरीबीच १०, २ वा ११, १ को मत आवश्यक हुन्छ । ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइपछि गत सोमबार देखि जुरीबीच डेलिबरेसन (गहन छलफल) चलिरहेको थियो । करिब एक साताको डेलिबरेसनमा पनि जुरीले एउटा मुद्दामा लामालाई निर्दोष वा दोषी के भन्नेबारे फैसला दिन नसकेपछि इजलास करिब ५ साता पर सरेको हो ।

लामाको मुद्दा गत वर्ष अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि सुनुवाइ स्थगित भएको थियो । लामाको तर्फबाट किङ्सले नेप्ली फर्मले मुद्दा हेरिरहेको छ ।

सरकार माओवादी सशस्त्र द्वन्द्वताका ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग बेलायती प्रहरीले लगाएको थियो ।

लामाले सरकार माओवादी सशस्त्र द्वन्द्वताका ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग बेलायती प्रहरीले लगाएको थियो ।

लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेट्न बेलायत 
आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो । दुई महिना दश दिन थुनामा रहेपछि उनी अहिले 
धरौटीमा छन् । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री