लन्डन । नेपाली सेनाका कर्णेल कुमार लामाले आफूविरुद्ध बेलायतमा लगाइएको यातना सम्वन्धि दुई मध्ये एउटा मुद्दामा सफाइ पाएका छन् ।
सोमबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा सम्माननीय जस्टिस स्वीनीको इजलासले सफाइ दिएको हो । तर, अर्का बन्दीको लामाविरुद्धको यातना सम्वन्धि मुद्दामा भने १२ सदस्यीय जुरी सोमबारसम्म टुंगोमा पुग्न नसकेपछि आगामी सेप्टेम्बर पहिलो साता पुनः इजलास बस्ने गरि स्थगित भएको श्रोतले जानकारी दिएको छ ।
जुरीबीच १०, २ वा ११, १ को मत आवश्यक हुन्छ । ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइपछि गत सोमबार देखि जुरीबीच डेलिबरेसन (गहन छलफल) चलिरहेको थियो । करिब एक साताको डेलिबरेसनमा पनि जुरीले एउटा मुद्दामा लामालाई निर्दोष वा दोषी के भन्नेबारे फैसला दिन नसकेपछि इजलास करिब ५ साता पर सरेको हो ।
लामाको मुद्दा गत वर्ष अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि सुनुवाइ स्थगित भएको थियो । लामाको तर्फबाट किङ्सले नेप्ली फर्मले मुद्दा हेरिरहेको छ ।
सरकार माओवादी सशस्त्र द्वन्द्वताका ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग बेलायती प्रहरीले लगाएको थियो ।
लामाले सरकार माओवादी सशस्त्र द्वन्द्वताका ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग बेलायती प्रहरीले लगाएको थियो ।
लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो । दुई महिना दश दिन थुनामा रहेपछि उनी अहिले धरौटीमा छन् । इकान्तिपुर
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते