लन्डन । पिटरबरो नेपाली समाजले युवा रेष्टुरेन्ट व्यवसायी प्रद्युम्न पवन शर्मालाई समाजको नयां अध्यक्षमा चयन गरेको छ ।
आइतबार ३१ जुलाईका दिन सम्पन्न साधारण सभाले शर्मालाई सर्वसम्मत अध्यक्ष चुनेको हो । त्यसैगरि समाजको नव कार्यसमितिमा सुमेर ज्ञवाली र शिव भण्डारी उपाध्यक्ष, नृपेश उप्रेती महासचिव, बिष्णु थापा तथा संगीता कोइराला कोषाध्यक्ष र रवि आचार्य सचिवमा सर्वसम्मत चुनिएका
छन् । सदस्यहरुमा पनि सर्वसम्मतले डा. राजु सापकोटा, आशिष शर्मा, ध्रुव धिताल, दिपक डांगी, रविन्द्रविक्रम कुँवर, हरिहर भट्टराई, सुराजन कार्की, मनिष आचार्य, बिबेक कोइराला र आर्जु श्रेष्ठलाई चयन गरेको छ ।
समाजले समाजको समर बार्बेक्यू, साधारण सभा र नयां कार्यसमितिको चयन पिटरबरोको नेने पार्कमा गरेको हो । पहिलो चरणमा समाजका बहुसंख्यक सदस्यहरुको उपस्थितिमा साधरण सभा सम्पन्न भएको थियो । संस्थाका निवर्तमान अध्यक्ष केशव भण्डारीले अध्यक्षता गरेको पहिलो चरणको कार्यक्रममा निवर्तमान कोषाध्यक्ष सिएम खरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र निवर्तमान महासचिव तथा नवनिर्वाचित अध्यक्ष पवन शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
कार्यक्रममा निवर्तमान उपाध्यक्षद्वय रामबाबु कोइराला, भरत पाण्डे लगायत संस्थाका सल्लाहकारहरु बिके पाण्डे, गोबिन्द बेल्बासे, किरण कार्की, महेश अधिकारी र मिना पौडेलले आ आफ्नो विचार राख्दै समाजलाई सहयोग गर्ने मामलामा सधैं अगाडि रहेको बताउंदै आगामी दिनमा पनि संस्था अझ प्रभावकारी रुपमा अगाडि बढ्ने कुरामा आफूहरु विस्वस्त रहको बताए । त्यसैगरि अतिथि साझा नेपाली समाजका अध्यक्ष रण केसीले परोपकार र सहयोग गर्ने मामलामा पिटरबरो नेपाली समाज कहिलै पछाडि नरहेको बताउंदै आगामी दिनमा पनि एउटा मजवुत नेपाली संस्थाको रुपमा स्थापित हुंदै जाने आशा व्यक्त गरे ।
निवर्तमान अध्यक्ष एवं सभाध्यक्ष भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै कार्यसमितिमा नरहे पनि आफ्नो संलग्नतामा कुनै कमी नआउने बताए । नवनिर्वाचित अध्यक्ष पवन शर्माको नेतृत्वमा संस्थाको भविष्य अझ उज्वल रहेको भण्डारीले बताए । उनले निवर्तमान समितिले संस्थालाई च्यारिटीमा दर्ता गर्न सुरु गरेको प्रक्रिया पूरा गरेर समाजलाई आर्थिक रुपमा सवल बनाउने र समाजको आफ्नै घर खडा गर्न पनि पहल सुरु गर्ने बताएका थिए ।
साधारण सभा पछि बार्बेक्यू भएको थियो जसमा पिटरबरो र स्पोल्डिङ्ग वरपर बस्ने नेपालीहरुको ठूलो संख्यामा उपस्थिति थियो ।
पिटरबरोमा अहिलेसम्म १०८ धुरी र ३०० भन्दा बढी नेपालीहरुको बसोवास छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा