लन्डन । पिटरबरो नेपाली समाजले युवा रेष्टुरेन्ट व्यवसायी प्रद्युम्न पवन शर्मालाई समाजको नयां अध्यक्षमा चयन गरेको छ ।
आइतबार ३१ जुलाईका दिन सम्पन्न साधारण सभाले शर्मालाई सर्वसम्मत अध्यक्ष चुनेको हो । त्यसैगरि समाजको नव कार्यसमितिमा सुमेर ज्ञवाली र शिव भण्डारी उपाध्यक्ष, नृपेश उप्रेती महासचिव, बिष्णु थापा तथा संगीता कोइराला कोषाध्यक्ष र रवि आचार्य सचिवमा सर्वसम्मत चुनिएका
छन् । सदस्यहरुमा पनि सर्वसम्मतले डा. राजु सापकोटा, आशिष शर्मा, ध्रुव धिताल, दिपक डांगी, रविन्द्रविक्रम कुँवर, हरिहर भट्टराई, सुराजन कार्की, मनिष आचार्य, बिबेक कोइराला र आर्जु श्रेष्ठलाई चयन गरेको छ ।
समाजले समाजको समर बार्बेक्यू, साधारण सभा र नयां कार्यसमितिको चयन पिटरबरोको नेने पार्कमा गरेको हो । पहिलो चरणमा समाजका बहुसंख्यक सदस्यहरुको उपस्थितिमा साधरण सभा सम्पन्न भएको थियो । संस्थाका निवर्तमान अध्यक्ष केशव भण्डारीले अध्यक्षता गरेको पहिलो चरणको कार्यक्रममा निवर्तमान कोषाध्यक्ष सिएम खरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र निवर्तमान महासचिव तथा नवनिर्वाचित अध्यक्ष पवन शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
कार्यक्रममा निवर्तमान उपाध्यक्षद्वय रामबाबु कोइराला, भरत पाण्डे लगायत संस्थाका सल्लाहकारहरु बिके पाण्डे, गोबिन्द बेल्बासे, किरण कार्की, महेश अधिकारी र मिना पौडेलले आ आफ्नो विचार राख्दै समाजलाई सहयोग गर्ने मामलामा सधैं अगाडि रहेको बताउंदै आगामी दिनमा पनि संस्था अझ प्रभावकारी रुपमा अगाडि बढ्ने कुरामा आफूहरु विस्वस्त रहको बताए । त्यसैगरि अतिथि साझा नेपाली समाजका अध्यक्ष रण केसीले परोपकार र सहयोग गर्ने मामलामा पिटरबरो नेपाली समाज कहिलै पछाडि नरहेको बताउंदै आगामी दिनमा पनि एउटा मजवुत नेपाली संस्थाको रुपमा स्थापित हुंदै जाने आशा व्यक्त गरे ।
निवर्तमान अध्यक्ष एवं सभाध्यक्ष भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै कार्यसमितिमा नरहे पनि आफ्नो संलग्नतामा कुनै कमी नआउने बताए । नवनिर्वाचित अध्यक्ष पवन शर्माको नेतृत्वमा संस्थाको भविष्य अझ उज्वल रहेको भण्डारीले बताए । उनले निवर्तमान समितिले संस्थालाई च्यारिटीमा दर्ता गर्न सुरु गरेको प्रक्रिया पूरा गरेर समाजलाई आर्थिक रुपमा सवल बनाउने र समाजको आफ्नै घर खडा गर्न पनि पहल सुरु गर्ने बताएका थिए ।
साधारण सभा पछि बार्बेक्यू भएको थियो जसमा पिटरबरो र स्पोल्डिङ्ग वरपर बस्ने नेपालीहरुको ठूलो संख्यामा उपस्थिति थियो ।
पिटरबरोमा अहिलेसम्म १०८ धुरी र ३०० भन्दा बढी नेपालीहरुको बसोवास छ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?