लन्डन । मनोक्रान्तिका सम्बाहक योगगुरु डा. बिकासानन्दले लन्डनमा योगा तथा प्रवचन दिने भएका छन् । हाल बेलायत भ्रमणमा रहेका उनले २१ अगस्ट, २०१६ आइतबार फेल्थाम कम्युनिटी कलेज हल लन्डनमा प्रवचन दिन लागेका हुन् । योग साधना प्रणेता डा. विकासानन्द मानिसका विभिन्न समस्याको मुक्ति दिलाउने अमुल्य कला सिकाउन र जीवनमा उर्जा भरिदिन नेपालदेखि बेलायतसम्म आएको मौकामा यस्तो कार्यक्रम गर्न लागिएको हो ।
योग साधना स्वास्थ्य जीवन जिउने कला र सकारात्मक उर्जा भर्ने एक अत्यन्त उपयोगी साधन भएको जनाउंदै आयोजकले कार्यक्रममा सहभागिताका लागि आग्रह गरेका छन् । कार्यक्रम संयोजक हेम गुरुङले बेलायतस्थित नेपाली समुदायलाई जीवन उपयोगी कला प्रदान गर्ने पवित्र उद्देश्यसंगै कार्यक्रमबाट संकलित रकम नेपालका बाढी पीडितको सहयोगमा खर्च गरिने जनाए ।
कार्यक्रम सहयोगी जगन कार्कीका अनुसार उक्त अवसरमा योगगुरु बिकासानन्दबाट प्रत्यक्ष मोटिभेसन, योगा सिक्ने अवसर हुनेछ र कार्यक्रममा खर्च कटाएर बचेको रकम बाडी पीडितको सहयोग स्वरुप पठाइनेछ ।
३ घन्टाको समय अत्यन्त उपयोगी र जिवनभर उर्जा दिन सफल हुने दावी कार्कीको छ ।
अर्का संयोजक बीरेन्द्र श्रेष्ठले १० पाउण्डमा खाना, योग शिक्षा र बाढी पीडितलाई सहयोग पनि हुने भन्दै जनसमुदायलाई उपस्थित भएर कार्यक्रम सफल पारिदिन अनुरोध गरेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’