लन्डन । कर्णेल कुमार लामा विरुद्धको मुद्दालाई अन्तिम टुंगो लगाउन १२ सदस्यीय जुरी शुक्रबार पनि निष्कर्षमा पुग्न सकेन । जस्टीस स्वीनी नेतृत्वको इजलासमा वादी तथा प्रतिवादीका तर्फबाट वहस सकिएपछि गत सोमबार दिउसो देखि जारी डेलिबरेसन (गहन छलफल) अझै निष्कर्षमा पुग्न नसकेको हो । निर्दोष वा दोषी जे सावित गरेपनि १२ जनाको जुरीबीच १०, २ वा ११, १ मत भएमात्र अन्तिम फैसलाको बाटो खुल्नेछ नत्र पुनः सुनुवाइ (रि ट्रायल) हुने कानुनी प्रावधानले पटक पटक जुरीबीच छलफल चलिरहेको छ । शुक्रबारसम्म सहमति हुन नसकेपछि न्यायधिशले सोमबार पुनः इजलास बस्ने जनाउ दिएका छन् ।
लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि जुरी अन्तिम फैसला लिन डेलिबरेसनमा व्यस्त भएको हो । जुरीमा हरेक क्षेत्रका व्यक्ति सहभागी हुन सक्छन् ।
‘अगष्टदेखि समर छुट्टी हुनु अघि फैसला आउने आशा थियो तर अझै कति समय लम्बिने हो भन्न सकिन्न’, श्रोत भन्छ ।
नेपाली सेनाका महासेनानी लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग छ । बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत उनी विरुद्ध लगाइएको मुद्दालाई राष्ट्रिय अन्तर्राष्ट्रिय आंखाले नजिकबाट नियालिरहेको छ ।
दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेटन बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत पक्राउ गरेको थियो ।
लामाको मुद्दामा नेपाल सरकारले पटक पटक कुटनीतिक तथा कानुनी पहल गरेपनि बेलायतले वास्ता गरेन ।
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ