लन्डन । लन्डन नेपाल न्यूज डटकमले कार्यवहाक राजदूत शरदराज आरनलाई स्वागत तथा सम्मान गरेको छ । बिहीबार सांझ दूतावास भवनमा आयोजित एक कार्यक्रमबीच कार्यवहाक राजदूतको सफल कार्यकालको शुभकामना दिइयो ।
वेवसाइटका तर्फबाट प्रवन्ध निर्देशक राजकुमार त्रिपाठी र प्रधानसम्पादक शिव भण्डारीले पुष्प गुच्छा अर्पण गर्दै स्वागत गरेका थिए ।
स्वागतपछि प्रमुख अतिथी कार्यवहाक राजदूत आरनले मन्तव्यका क्रममा वेवसाइटलाई शुभकामना दिंदै बेलायतको नेपाली समुदाय, देश अनि जनताको हित र समृद्धिका लागि पत्रकारिता गर्न सुझाए । उनले अहिलेको डिजिटल युगमा पाठकहरुको माग पुरा गर्न वेवसाइट कटिवद्ध हुने आशा समेत व्यक्त गरे ।
उक्त अवसरमा एनआरएनए आइसीसी सल्लाहकारहरु विश्वआदर्श पण्डित र रि. मेजर डमर घले, विशिष्ठ अतिथी एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ र योगेन क्षेत्री, एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राई, उपाध्यक्ष शान्ति थापा कुंवर, वेवसाइटका सल्लाहकार अर्जुन गौतम, तमुधिं लन्डन अध्यक्ष डेभिड गुरुङ, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, नेपलिज इन्जिनियर्स एसोसिएसन यूके अध्यक्ष घनश्याम पौडेल, उपाध्यक्ष राज पाठक, तमुधिं यूके पूर्व अध्यक्ष सुवसिंह गुरुङ, यती सल्लाहकार डा. मीन रानाभाट, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई लगायतले व्यवसायिक पत्रकारितामा जोड दिंदै निष्पक्ष र तथ्यपरक समाचारमा ध्यान दिन वेवसाइटको सम्पादक मण्डललाई आग्रह गरेका थिए ।
प्रधान सम्पादक शिव भण्डारी र प्रवन्ध निर्देशक राजकुमार त्रिपाठीले आफूहरु व्यवसायिक पत्रकारितामा सधैं समर्पित रहने बताए । उक्त अवसरमा डिजिटल कोअर्डिनेटर बीरेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवाल, आइएमइ यूके निर्देशक कमल पौडेल, वेवसाइटका सल्लाहकार राजन खरेल लगायतको उपस्थिति थियो ।
उक्त अवसरमा रात्री भोजको प्रायोजन गोल्डेनसीप रेष्टुरेन्टका प्रवन्ध निर्देशक देव गुरुङले गरेका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते