
लन्डन । बेलायतमा रेष्टुरेन्ट व्यवसायमा सफलता चुमिरहेको एभरेष्ट इन ग्रुपले ट्राभल व्यवसायमा समेत लगानी बढाएको छ । ग्रुपले योङस ट्राभलको आसफोर्ड शाखा विस्तार गरेको हो । यसअघि होर्नचर्चमा उक्त ट्राभल एजेन्सी चालु थियो ।
आसफोर्ड मेयर अनि मेयरेसले एक समारोहबीच आसफोर्डको दोश्रो शाखा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा स्थानीय क्षेत्रका बेलायती तथा नेपालीको उत्साहजनक सहभागिता थियो ।
प्रमुख अतिथी मेयरले लोकल बिजनेश खुल्नु आफ्नो क्षेत्रका जनताका लागि सुःखद भएको बताउंदै एजेन्सीको व्यवसायिक सफलताको शुभकामना दिए ।
उक्त अवसरमा एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक यादव भण्डारीले ग्रुपको ट्राभल व्यवसायमा संलग्नताबारे जानकारी दिएका थिए । एभरेष्ट इनले आसफोर्डको समुदायलाई सन् २०११ देखि सेवा गरिरहेको जनाउंदै भण्डारीले योग्स ट्राभलबाट समुदायलाई थप सेवा गरिने बताए ।
योङस ट्राभलका को पार्टनर तथा म्यानेजर रोशन शर्माले ट्राभल एजेन्सीको इतिहाससहित यसले होर्नचर्चमा दुई दशकदेखि सेवा प्रदान गरिरहेको जनाउंदै स्थानीय क्षेत्रमा यसको विश्वसनीयता अधिक रहेको बताए ।
कार्यक्रम समापनका अवसरमा एभरेष्ट इन ग्रुपका अध्यक्ष पशुपति भण्डारीले प्रमुख अतिथी मेयर, मेयरेस र सहभागीप्रति आभार व्यक्त गर्दै आफ्नो कम्पनीले सहुलियत र प्रतिष्पर्धात्मक मुल्यमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उद्घाटन समारोह आसफोर्डका युवालाई सहयोग गर्ने उद्देश्यले च्यारिटी डिनरसहित सम्पन्न भएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा