
लन्डन । बेलायतमा रेष्टुरेन्ट व्यवसायमा सफलता चुमिरहेको एभरेष्ट इन ग्रुपले ट्राभल व्यवसायमा समेत लगानी बढाएको छ । ग्रुपले योङस ट्राभलको आसफोर्ड शाखा विस्तार गरेको हो । यसअघि होर्नचर्चमा उक्त ट्राभल एजेन्सी चालु थियो ।
आसफोर्ड मेयर अनि मेयरेसले एक समारोहबीच आसफोर्डको दोश्रो शाखा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा स्थानीय क्षेत्रका बेलायती तथा नेपालीको उत्साहजनक सहभागिता थियो ।
प्रमुख अतिथी मेयरले लोकल बिजनेश खुल्नु आफ्नो क्षेत्रका जनताका लागि सुःखद भएको बताउंदै एजेन्सीको व्यवसायिक सफलताको शुभकामना दिए ।
उक्त अवसरमा एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक यादव भण्डारीले ग्रुपको ट्राभल व्यवसायमा संलग्नताबारे जानकारी दिएका थिए । एभरेष्ट इनले आसफोर्डको समुदायलाई सन् २०११ देखि सेवा गरिरहेको जनाउंदै भण्डारीले योग्स ट्राभलबाट समुदायलाई थप सेवा गरिने बताए ।
योङस ट्राभलका को पार्टनर तथा म्यानेजर रोशन शर्माले ट्राभल एजेन्सीको इतिहाससहित यसले होर्नचर्चमा दुई दशकदेखि सेवा प्रदान गरिरहेको जनाउंदै स्थानीय क्षेत्रमा यसको विश्वसनीयता अधिक रहेको बताए ।
कार्यक्रम समापनका अवसरमा एभरेष्ट इन ग्रुपका अध्यक्ष पशुपति भण्डारीले प्रमुख अतिथी मेयर, मेयरेस र सहभागीप्रति आभार व्यक्त गर्दै आफ्नो कम्पनीले सहुलियत र प्रतिष्पर्धात्मक मुल्यमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उद्घाटन समारोह आसफोर्डका युवालाई सहयोग गर्ने उद्देश्यले च्यारिटी डिनरसहित सम्पन्न भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते