लण्डन । क्यास मेसिनबाट पैसा झिक्दा अल्मल्याई कार्ड र पिन नम्बर चोरी हुने ठगीबाट सचेत रहन अपील गरिएको छ ।
बाक्लेज बैँकले यसैसाता एक भिडियो सार्वजनिक गर्दै क्यास मेसिन प्रयोग गर्दा सतर्क रहन अपील गरेको हो ।
बैँकले सार्वजनिक गरेको भिडियोमा एक व्यक्ति क्यास मेसिनबाट पैसा झिक्दै गरेको हुन्छ । उसको पछि रहेकी महिलाले सो व्यक्तिले पिन थिचेको हेरिरहेकी हुन्छे । त्यसपछि ती महिलाले झोलाबाट केही झार्छिन् । पैसा झिकिरहेको व्यक्ति उनलाई मद्दत गर्न पछाडि फर्कदा सँगैको क्यास मेसिनमा पैसा झिकिरहेको जस्तो स्वाङ पारिहेको व्यक्तिले बैँक कार्ड साटिदिन्छ । महिलालाई मद्दत गरिसकेपछि सो व्यक्ति क्यास मेसिनतर्फ फर्कन्छ । पैसा र कार्ड यथावत पाएको ठानेर नक्कली कार्ड बोकेर गन्तव्यतिर लाग्छ । यतिबेलासम्म ती महिलाले कार्ड साट्ने व्यक्तिलाई पिन बताइसकेकी हुुन्छिन् ।
बैँकले यसरी हुने ठगीबाट बच्न विभिन्न सुझाव दिएको छ । जुन यसप्रकार छ
१) क्यास मेसिन चलाइरहेको बेलामा कसैले अल्मल्याएमा ध्यान दिनु हुँदैन ।
२) किनमेल गर्दा होस् वा क्यास मेसिन चलाउँदा होस् पिन छोपेर मात्र थिच्नुपर्छ ।
३) क्यास मेसिन चलाइरहेको बेला कसैले बोलाएमा, कोट्याएमा वेवास्ता गर्नपर्छ । कसैले मद्दत गर्न खोजेको बताएमा पनि ध्यान दिनु हुँदैन ।
४) क्यास मेसिनको वरिपरि मानिसहरु छन् भने र शंकास्पद लाग्छ भने त्यस्तो क्यास मेसिन प्रयोग गर्नु हुँदैन ।
५) कार्ड वा पिन चोरी भएको शंका लागेमा बैँकलाई फोन गरी हाल्नुपर्छ ।
फाइनान्सियल फ्रड एक्सन युकेका अनुसार सन् २०१५ मा क्यास मेसिनबाट हुने ठगीमा २० प्रतिशतले वृद्धि भएको छ । ३२.७ मिलियन पाउण्ड बराबरको ठगी भएको बताइन्छ । हरेक साता २ हजार ५०० ब्रिटिशहरु क्यास मेसिनबाट ठगिन्छन् ।
भिडियाे हेर्नुस
https://www.youtube.com/watch?v=qlcJbbZa9WM
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?