लण्डन । क्यास मेसिनबाट पैसा झिक्दा अल्मल्याई कार्ड र पिन नम्बर चोरी हुने ठगीबाट सचेत रहन अपील गरिएको छ ।
बाक्लेज बैँकले यसैसाता एक भिडियो सार्वजनिक गर्दै क्यास मेसिन प्रयोग गर्दा सतर्क रहन अपील गरेको हो ।
बैँकले सार्वजनिक गरेको भिडियोमा एक व्यक्ति क्यास मेसिनबाट पैसा झिक्दै गरेको हुन्छ । उसको पछि रहेकी महिलाले सो व्यक्तिले पिन थिचेको हेरिरहेकी हुन्छे । त्यसपछि ती महिलाले झोलाबाट केही झार्छिन् । पैसा झिकिरहेको व्यक्ति उनलाई मद्दत गर्न पछाडि फर्कदा सँगैको क्यास मेसिनमा पैसा झिकिरहेको जस्तो स्वाङ पारिहेको व्यक्तिले बैँक कार्ड साटिदिन्छ । महिलालाई मद्दत गरिसकेपछि सो व्यक्ति क्यास मेसिनतर्फ फर्कन्छ । पैसा र कार्ड यथावत पाएको ठानेर नक्कली कार्ड बोकेर गन्तव्यतिर लाग्छ । यतिबेलासम्म ती महिलाले कार्ड साट्ने व्यक्तिलाई पिन बताइसकेकी हुुन्छिन् ।
बैँकले यसरी हुने ठगीबाट बच्न विभिन्न सुझाव दिएको छ । जुन यसप्रकार छ
१) क्यास मेसिन चलाइरहेको बेलामा कसैले अल्मल्याएमा ध्यान दिनु हुँदैन ।
२) किनमेल गर्दा होस् वा क्यास मेसिन चलाउँदा होस् पिन छोपेर मात्र थिच्नुपर्छ ।
३) क्यास मेसिन चलाइरहेको बेला कसैले बोलाएमा, कोट्याएमा वेवास्ता गर्नपर्छ । कसैले मद्दत गर्न खोजेको बताएमा पनि ध्यान दिनु हुँदैन ।
४) क्यास मेसिनको वरिपरि मानिसहरु छन् भने र शंकास्पद लाग्छ भने त्यस्तो क्यास मेसिन प्रयोग गर्नु हुँदैन ।
५) कार्ड वा पिन चोरी भएको शंका लागेमा बैँकलाई फोन गरी हाल्नुपर्छ ।
फाइनान्सियल फ्रड एक्सन युकेका अनुसार सन् २०१५ मा क्यास मेसिनबाट हुने ठगीमा २० प्रतिशतले वृद्धि भएको छ । ३२.७ मिलियन पाउण्ड बराबरको ठगी भएको बताइन्छ । हरेक साता २ हजार ५०० ब्रिटिशहरु क्यास मेसिनबाट ठगिन्छन् ।
भिडियाे हेर्नुस
https://www.youtube.com/watch?v=qlcJbbZa9WM
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा