लन्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक समर भेटघाट तथा बीबीक्यू कार्यक्रम यस वर्ष अगस्ट ७ तारिख आइतबार हुने भएको छ ।
अल्डरसटस्थित कन्नट स्कुल प्राङगणमा कार्यक्रम हुन लागेको हो । समाजले उक्त वृहत भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाउंदै बेलायत बस्ने सम्पूर्ण गुल्मेली तथा गैर गुल्मेलीमा आव्हान समेत गरेको छ ।
समाजका सचिव एवं कार्यक्रम संयोजक वीर बलालका अनुसार कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरुको लोक प्रस्तुतिसंगै युरोपमै प्रसिद्धि कमाएको गुल्मेली नौमती बाजा, गुल्मेली झ्याउरे र भजन चुट्का जस्ता प्रस्तुतिले विशेष रौनक थप्ने अपेक्षा छ ।
कार्यक्रममा स्थानीय कलाकारहरुको नाचगानले समेत थप मनोरञ्जन दिने सांस्कृतिक सचिव मुना सापकोटाले जनाएकी छन् । खेलकुदतर्फ भलिबलमा खारिएका टिमको प्रतिष्पर्धात्मक प्रतियोगिता लगायत बच्चाहरुका लागि समेत विविध खेलकुद तथा मनोरञ्जनको व्यवस्था गरिनेछ ।
बार्बेक्यू तथा खानाको जिम्मेवारी यसपटक अल्डरसटकै भेटघाट रेस्टुरेन्टले लिएको छ । मध्यान्ह १२ देखि सांझ ८ बजेसम्म चल्ने खुला चौरको गुल्मेली मेलामा कार्यक्रमको औपचारिकतामा न्यूनतम समय खर्चिदै मनोरञ्जनतर्फ नै कार्यक्रम तालिकाको ध्यान आकृष्ट गरिएको जानकारी महासचिव शिव भण्डारीले तयारी बैठकमा दिएका छन् ।
नेपालमा गुल्मी जिल्लामा मात्रै नभएर देशभरी नै परोपकारी कार्य गरेर नाम कमाएको बेलायतका गुल्मेलीहरुको यो संस्थाले बेलायतमा आयोजना गर्ने वार्षिक भेटघाट कार्यक्रम उपस्थिति, मनोरञ्जन तथा खानपान व्यवस्थापनको हिसाबले निकै सफल र चर्चित मानिन्छ । कार्यक्रममा हजार भन्दा बढी मान्छे सहभागी हुने अपेक्षा छ ।
कार्यक्रममा वयस्कका लागि १३ पाउण्ड शुल्क तोकिएको छ भने केटाकेटीको हकमा ५ बर्ष मुनिको लागि निशुल्क र ५ देखि १२ वर्ष सम्मकाले ८ पाउण्ड तिर्ने छन् ।
समाजका अध्यक्ष राम गलामीले बेलायतमा बसोवास गर्ने गुल्मेली मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई गुल्मेलीहरुले आयोजना गर्ने यो विशेष मेलामा सहभागी हुन अनुरोध गरेका छन् । ‘मनोरञ्जनका हिसाबले यो एउटा छुट्टै फेमिली आउटिङ बन्न सक्छ’ अध्यक्ष गलामीले भनेका छन् । समाजले कार्यक्रमबाट बचेको रकम परोपकारी कार्यमै खर्चिने जनाएको छ ।
यसैबीच, कार्यक्रममा सहभागी हुन बेलायतका बर्मिङघम, नोटिङघम, साउथ इष्ट लन्डनसहित विभिन्न शहरबाट गुल्मेलीले कोच बुक गरेर आउने तयारी गरेको जानकारी कार्यसमितिका विष्णु ज्ञवालीले दिएका छन् ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा