लन्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक समर भेटघाट तथा बीबीक्यू कार्यक्रम यस वर्ष अगस्ट ७ तारिख आइतबार हुने भएको छ ।
अल्डरसटस्थित कन्नट स्कुल प्राङगणमा कार्यक्रम हुन लागेको हो । समाजले उक्त वृहत भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाउंदै बेलायत बस्ने सम्पूर्ण गुल्मेली तथा गैर गुल्मेलीमा आव्हान समेत गरेको छ ।
समाजका सचिव एवं कार्यक्रम संयोजक वीर बलालका अनुसार कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरुको लोक प्रस्तुतिसंगै युरोपमै प्रसिद्धि कमाएको गुल्मेली नौमती बाजा, गुल्मेली झ्याउरे र भजन चुट्का जस्ता प्रस्तुतिले विशेष रौनक थप्ने अपेक्षा छ ।
कार्यक्रममा स्थानीय कलाकारहरुको नाचगानले समेत थप मनोरञ्जन दिने सांस्कृतिक सचिव मुना सापकोटाले जनाएकी छन् । खेलकुदतर्फ भलिबलमा खारिएका टिमको प्रतिष्पर्धात्मक प्रतियोगिता लगायत बच्चाहरुका लागि समेत विविध खेलकुद तथा मनोरञ्जनको व्यवस्था गरिनेछ ।
बार्बेक्यू तथा खानाको जिम्मेवारी यसपटक अल्डरसटकै भेटघाट रेस्टुरेन्टले लिएको छ । मध्यान्ह १२ देखि सांझ ८ बजेसम्म चल्ने खुला चौरको गुल्मेली मेलामा कार्यक्रमको औपचारिकतामा न्यूनतम समय खर्चिदै मनोरञ्जनतर्फ नै कार्यक्रम तालिकाको ध्यान आकृष्ट गरिएको जानकारी महासचिव शिव भण्डारीले तयारी बैठकमा दिएका छन् ।
नेपालमा गुल्मी जिल्लामा मात्रै नभएर देशभरी नै परोपकारी कार्य गरेर नाम कमाएको बेलायतका गुल्मेलीहरुको यो संस्थाले बेलायतमा आयोजना गर्ने वार्षिक भेटघाट कार्यक्रम उपस्थिति, मनोरञ्जन तथा खानपान व्यवस्थापनको हिसाबले निकै सफल र चर्चित मानिन्छ । कार्यक्रममा हजार भन्दा बढी मान्छे सहभागी हुने अपेक्षा छ ।
कार्यक्रममा वयस्कका लागि १३ पाउण्ड शुल्क तोकिएको छ भने केटाकेटीको हकमा ५ बर्ष मुनिको लागि निशुल्क र ५ देखि १२ वर्ष सम्मकाले ८ पाउण्ड तिर्ने छन् ।
समाजका अध्यक्ष राम गलामीले बेलायतमा बसोवास गर्ने गुल्मेली मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई गुल्मेलीहरुले आयोजना गर्ने यो विशेष मेलामा सहभागी हुन अनुरोध गरेका छन् । ‘मनोरञ्जनका हिसाबले यो एउटा छुट्टै फेमिली आउटिङ बन्न सक्छ’ अध्यक्ष गलामीले भनेका छन् । समाजले कार्यक्रमबाट बचेको रकम परोपकारी कार्यमै खर्चिने जनाएको छ ।
यसैबीच, कार्यक्रममा सहभागी हुन बेलायतका बर्मिङघम, नोटिङघम, साउथ इष्ट लन्डनसहित विभिन्न शहरबाट गुल्मेलीले कोच बुक गरेर आउने तयारी गरेको जानकारी कार्यसमितिका विष्णु ज्ञवालीले दिएका छन् ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा