लण्डन । काङमाङ नरेश राईको पछिल्लो पुस्तक ‘फियरलेस वरिवर्स’ जेम्स् ट्याइट ब्लाक बुक प्राईज् बायोग्राफी २०१६ का लागि नोमिनेशनमा परेको छ ।
कविताबाट साहित्य लेखन शुरु गरेका काङमाङ नरेश राईको सो पुस्तक वेलायतको कमर्सियल प्रकाशन हाउस् ओलम्पियाबाट प्रकाशित भएको हो । उनको सो कृतिलाई प्रकाशन हाउसले “जेम्स् ट्याईट ब्लाक बुक प्राईज् बायोग्राफी २०१६” को लागि नोमिनेशनमा पारेको हो ।
सन् १९१९ मा स्थापना भएको यो पुरस्कार बायोग्राफी, फिक्सन र ड्रामा गरी तीन विधालाई प्रदान गरिन्छ । यो पुरस्कार प्रकाशन हाउस्ले नोमिनेसन गरेको अंगे्रजी भाषामा लिखित कृतिलाई मात्र मान्यता दिने गर्दछ ।
सन् १९१९ मा पहिलो बायोग्राफी पुरस्कार हेनरी फेस्टिङ्ग जोनले पाएका थिए । उनले “सामुयल बटलर” उपन्यासकारको बारेमा लेखेका थिए । “सामुयल बटलर” अथर अफ रेहन उपन्यासका लेखक पनि हुन् । युटोपियन र रेहनसेमी अटोबायोग्राफी नोवल उनका चर्चित कृतिहरु हुन् ।
नोमिनेसनमा परेको काङमाङको यस कृति नेपाली भाषामा दोस्रो संस्करणको रुपमा आउन लागेको छ । नेपाली भाषामा “खुकुरीको धारमा दुई शताब्दी” प्रकाशित भइसकेको छ । कृतिका वास्तविक कथाहरु पढिरहँदा युद्ध भूमिमा छाडेर आएका लाहुरे साथीहरुको पीडाले घोचिरहन्छ, । लाहुरेहरुले लडेको युद्ध, भोगेका दुःख र वीरताको तस्बिरै तस्बिरले भरिएको छ, उनको यस कृति “फियरलेस वरिवर्स” ।
पुरस्कार जित्ने आशा कस्तो छ भनी सोध्दा उनले भने, ‘पुरस्कार जित्छ वा जित्दैन तर म तेस्रो मुलुकको लेखक, त्यो पनि सेकेण्ड हेण्ड लेखकको लागि नोमिनेशनमा पर्नु नै ठूलै पो हो भन्ने लागेको छ र आशा पनि ज्यूँदै रहेको छ ।’
उनले अर्का साहित्यकार अप्जसे कान्छासंग मिलेर तारा राईद्धारा लिखित छापामार युवतीको डायरीलाई अंग्रेजीमा अनुवाद गरी बेलायतको कमर्सियल प्रकाशन हाउसबाट प्रकाशित गर्न लागेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण