कविताहरु मेरा हुन्, कथा तिम्रो
आँसुहरु सायद मेरा, व्यथा पक्कै तिम्रो
शब्दहरु रोजेको मैले, तिमी अर्थ खोज्नु
गीतहरु गाएको मैले, भाका चै तिमी रोज्नु
यी कविताहरु मेरा हुन्, कथा तिम्रो
मलाई नसोध, लेखेको यो मैले के र किन ?
शब्दहरुमा मेरा बुझ गहिराई, मर्मलाई अनि चिन
प्रश्नहरुमा मेरा, तिमी उत्तरहरु खोज्नु
बुझेनौ तिमीले अझै भने, फेरी कहिले नसोध्नु
किनकि
दर्दहरु मेरा हुन् घाउ तिम्रो
त्यसैले
कविताहरु मेरा हुन, कथा अझै तिम्रो
लुकाएं मैले मेरा पीडा र घाउहरु यहाँ
चिरेको मैले मेरो ह्दय
बितेका दिनहरुमा भुलेका कठिन रातहरु जहाँ
खोजेका ती सपनीहरुमा हराएका यी यथार्थ
अनि
तिमीलाई खोज्दै भिडमा पनि हराएको म
कविताहरु मेरा हुन्, कथा सधै तिम्रो
रोएं म कहिले भने आशु मेरा नपुछिदिनु
आंशुहरुमा मैले मेरो व्यथा धोएको हुन्छु
टाढा टाढा म भएं भने कहिले मलाई नरोकिदिनु
किनकि साथमा मेरो तिमी कहलिएकी हुन्छौ
त्यसैले
म कविताहरु कोर्छु, तिमी प्रेरणा बन्नु
किनकि
कविताहरु मेरा हुन्, कथा सधै तिम्रो
बादल पारी म गएं भने तिमी मलाई नखोजिदिनु
म जुन र तारा भएर तिमीलाई हेरिरहेको हुनेछु
कहिले कतै मेरो याद आयो भने नरोइदिनु
तिम्रा आंशुहरु मैले मेरो घर बनाएको छु
त्यसैले
कविताहरु मेरा हुन्, कथा तिम्रो
आँसुहरु सायद मेरा, व्यथा पक्कै तिम्रो
शब्दहरु रोजेको मैले, तिमी अर्थ खोज्नु
गीतहरु गाएको मैले, भाका चैं तिमी रोज्नु
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री