कविताहरु मेरा हुन्, कथा तिम्रो
आँसुहरु सायद मेरा, व्यथा पक्कै तिम्रो
शब्दहरु रोजेको मैले, तिमी अर्थ खोज्नु
गीतहरु गाएको मैले, भाका चै तिमी रोज्नु
यी कविताहरु मेरा हुन्, कथा तिम्रो
मलाई नसोध, लेखेको यो मैले के र किन ?
शब्दहरुमा मेरा बुझ गहिराई, मर्मलाई अनि चिन
प्रश्नहरुमा मेरा, तिमी उत्तरहरु खोज्नु
बुझेनौ तिमीले अझै भने, फेरी कहिले नसोध्नु
किनकि
दर्दहरु मेरा हुन् घाउ तिम्रो
त्यसैले
कविताहरु मेरा हुन, कथा अझै तिम्रो
लुकाएं मैले मेरा पीडा र घाउहरु यहाँ
चिरेको मैले मेरो ह्दय
बितेका दिनहरुमा भुलेका कठिन रातहरु जहाँ
खोजेका ती सपनीहरुमा हराएका यी यथार्थ
अनि
तिमीलाई खोज्दै भिडमा पनि हराएको म
कविताहरु मेरा हुन्, कथा सधै तिम्रो
रोएं म कहिले भने आशु मेरा नपुछिदिनु
आंशुहरुमा मैले मेरो व्यथा धोएको हुन्छु
टाढा टाढा म भएं भने कहिले मलाई नरोकिदिनु
किनकि साथमा मेरो तिमी कहलिएकी हुन्छौ
त्यसैले
म कविताहरु कोर्छु, तिमी प्रेरणा बन्नु
किनकि
कविताहरु मेरा हुन्, कथा सधै तिम्रो
बादल पारी म गएं भने तिमी मलाई नखोजिदिनु
म जुन र तारा भएर तिमीलाई हेरिरहेको हुनेछु
कहिले कतै मेरो याद आयो भने नरोइदिनु
तिम्रा आंशुहरु मैले मेरो घर बनाएको छु
त्यसैले
कविताहरु मेरा हुन्, कथा तिम्रो
आँसुहरु सायद मेरा, व्यथा पक्कै तिम्रो
शब्दहरु रोजेको मैले, तिमी अर्थ खोज्नु
गीतहरु गाएको मैले, भाका चैं तिमी रोज्नु