डार्टफोर्डमा भाले जुधाई र घैँटो फुटाई

IMG_2473

हामी पनि के कम ? डार्टफाेर्टका महिला फुटबलरहरू

लण्डन । डार्टफोर्ट नेपाली समाज युकेले विभिन्न खेलकुद गतिविधिका साथ समर भेटघाट सम्पन्न गरेको छ ।
औपचारिक कार्यक्रम, आसनग्रहण, दीप प्रज्वलन, भाषण नगरी समाजले बच्चादेखि प्रौढसम्म, महिला–पुरुष सबैलाई खेलकुदमा सरिक गराउँदै अरुभन्दा फरक ढंगले भेटघाट कार्यक्रम गर्यो ।
खेल प्रतियोगितामध्ये भाले जुधाई र घैँटो फुटाईले सबैलाई मनोरञ्जन दिएको थियो । भाले जुधाईमा रामकृष्ण सिटौला पहिलो, राजेश पाठक दोस्रो र शंकर दाहाल तेस्रो भए । घैँटो फुटाईमा रोशु पराजुली, मीरा, शशी भट्टराई र पवित्रा लामिछाने विजयी भए ।
चार वर्षदेखि ११ वर्षसम्मको मिक्स फुटबलमा विजेता हुनेहरुमा अभिरुप भट्टराई, शुभम ढकाल, शीतल ढकाल र प्रिज्मा, उपविजेताहरुमा टोलीमा ऋचा न्यौपाने, विमिसा सिटौला, एञ्जिला काफ्ले र नोभा खरेल छन् । त्यस्तै, महिला फुटबलमा विजेता टोलीमा दीपा कोइराला, शशी भट्टराई, पारिजात पाठक, मानस्वी भट्टराई र शान्ता पाण्डे, उपविजेतातर्फ सृजना सिटौला, रोशु पराजुली, दीपा थापा, यशस्वी भट्टराई र अमृता खरेल छन् ।
बच्चा र प्रौढ मिश्रित फुटबलतर्फ अभिसेक भट्टराई, योरिक पुलामी, संगम गुरुङ, शक्ति घिमिरे र असित विजेता, रिक्सन गुरुङ, आरोन थापा, अभय फेराली, वेद भट्टराई र आदित्य पाण्डे उपविजेता भए । युवा र प्रौढ मिश्रित समूहको फुटबलमा विजेताहरुमा संजय भण्डारी, विराट कोइराला, सुधीर न्यौपाने, रोहित र तारा पुलामी, उपविजेताहरुमा सम्राट कोइराला, प्रतीक गुरुङ, विशेष सिटौला, युविन गर्बुजा र लीला गुरुङ छन् ।
प्रौढ फुटबलमा राजु मानन्धर, दिनेश पहारी, रविन राई, राजेश पाठक, गजेन कटुवाल र रामकृष्ण सिटौलाको टिम विजेता र सुनिल न्यौपाने, बाबुराम गुरुङ, तोम गुरुङ, रुद्र कोइराला र खेल खरेलको टीम उपविजेता बन्यो ।
बच्चाहरुको ५० मिटर दौडमा नोभा खरेल पहिलो, अभिरुप भट्टराई दोस्रो र प्रिसा तेस्रो भए भने छदेखि ११ वर्षको बालिकाहरुको ५० मिटर दौडमा शीतल ढकाल पहिलो, एञ्जिला काफ्ले दोस्रो र ऋचा न्यौपाने तेस्रो भइन् । १२ देखि १६ वर्षका किशोरहरुको १०० मिटर दौडमा सुधीर न्यौपाने पहिलो, असित दोस्रो र विराट कोइराला तेस्रो भए ।
फुटबलमा प्रौढमा तारा पुलामी, केटीहरुमा ऋचा न्यौपाने र केटाहरुमा अभिरुप भट्टराई सर्वाधिक गोलकर्ता भए । फुटबल खेल बाबुराम गुरुङ, रोहित, सम्राट कोइराला र अमिर घलेले खेलाएका थिए ।
विजेताहरुलाई दशैँको उपलक्ष्यमा गरिने कार्यक्रममा स्थानीय मेयरको हातबाट पुरस्कार दिइने समाजका अध्यक्ष राजेश पाठकले जानकारी दिए ।
स्थानीय युनाइटेड फ्लीट डाउन फुटबल क्लवमा भएको सो जमघटमा स्थानीय काउन्सिलरहरु टम म्याडिसन र श्रीमती आन आलन र डा. बच्चुकैलाश कैनीलगायत उपस्थित थिए ।
करिब १२५ स्थानीय नेपालीको उपस्थिति रहेको सो भेटघाटको शुरुमा पूर्व अध्यक्षहरु युवराज गर्बुजा र चण्डिका भट्ट र वर्तमान अध्यक्ष राजेश पाठकले हात मिलाई खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री