लण्डन । लोहो (हाम्रो) समाज युकेको नयाँ अध्यक्षमा रिटायर्ड क्याप्टेन अमरबहादुर रानामगर चुनिएका छन् ।
नवनिर्वाचित अध्यक्षलाई समाजको शनिबार फेल्थम, लण्डनमा सम्पन्न वार्षिक भेटघाट समारोहमा निवर्तमान अध्यक्ष शेरबहादुर आलेमगरले कार्यभार हस्तान्तरण गरे ।
रानामगरकै अध्यक्षतामा भएको सो कार्यक्रममा समाजका नवनिर्वाचित पदाधिकारी, सदस्य र सल्लाहकारहरु, विभिन्न तहका शैक्षिक परीक्षाहरुमा सफलता पाउने छोराछोरीहरु, नयाँ जागिर पाउने छोराछोरीहरु, वैवाहिक बन्धनमा बाँधिएकाहरु र नयाँ सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
सचिव टंकबहादुर आलेमगरको संचालनमा भएको सो कार्यक्रममा कलाकार तथा समाजका सदस्यहरुले झ्याउरे, हुर्रा नाच तथा गीत पस्केर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष आलेमगर र नवनियुक्त अध्यक्ष रानामगरले मन्तब्य दिएका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा