एनआरएन भाषा तथा साहित्य उपकार्यदलले पूर्णता पायाे

nrnlogo
लण्डन । गैर आवासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसी) मातहतकाे भाषा तथा साहित्य प्रबर्धन उपकार्यदलले पूर्णता पाएकाे छ ।
कार्यदलका संयाेजक विश्वास दीप तिगेलाले साे कार्यदल विस्तार गरेका हुन् ।
कार्यदलका सदस्यहरुमा क्रमशः नीलम कार्की निहारिका (अमेरिका), डा. लेखनाथ काफ्ले (ताइवान), केदार सुनुवार संकेत (युके), चन्द्र मादेन (हङकङ), प्रतिमा केसी (युके), अमित राई (कुवेत), राजकुमार दिक्पाल (पोर्चुगल), राम लामा (युएसए) र प्रदिप थापामगर (युएसए) र एनआरएन युके राष्ट्रिय समन्वय परिषद मातहतमा गठन भएको भाषा तथा साहित्य विभागको प्रतिनिधित्व गर्दै लक्ष्मी राई लारा रहेकी छन् । त्यस्तैगरी सल्लाहकारहरुमा अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने र महासचिव डा. बद्री केसी चुनिएकाे छ ।
संयोजक तिगेलाले नेपाली साहित्यलाई चाइनिज, तिब्बेतियन, अरबिक र अंग्रेजीमा अनुवाद, गैर आवासीय नेपाली बच्चाहरुको लागि नेपालबारे जानकारी दिने र नैतिक शिक्षा दिने कार्टुन निर्माण लगायतमा ध्यान केन्द्रीत गर्ने बताए । तिगेलालाई गत ३० जनवरी २०१६ को ५२ औं आईसिसी बैठकले कार्यदलकाे जिम्मेवारी तोकेको थियो ।
 तिगेलाकाे प्रधान सम्पादनमा एनआरएन साहित्य कार्यदलको हिमालयन वार्ड नामक अनुवाद संग्रह पनि प्रकाशित भइसकेको छ । यसअघि नेपाली भाषा, साहित्य, संस्कृति, संगीत संरक्षण तथा सम्बर्धन रहने गरेकाेमा यसपटक भाषा तथा साहित्यलाई छुट्याएर साहित्यकार तिगेलालाई जिम्मेवारी दिएको हो ।
– राजु सुब्बा

प्रतिक्रिया

सम्बन्धित सामाग्री