शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १३:४८ | UK Time: 09:03

बसन्त गुरूङलाई अध्यक्ष चुन्दै क्युअाेजिएलअार भेला सकियाे

वीनेपाली
२०७३ साउन ९ गते २०:४२

IMG_0023

अल्डरसट/ क्वीन्स अाेन गाेरखा लजिस्टिक एक्ससर्भिसम्यान एसाेसिएसन (क्युअाेजिएलअार) युकेकाे अध्यक्षमा बसन्त गुरूङ चयन भएका छन ।

हिजाे शनिवार अल्डरसटस्थित द प्यालेसमा भएकाे एसाेसिएसनकाे तेस्रो अधिवेशन तथा भेटघाट कार्यक्रमले उनलाई अध्यक्षमा चुनेकाे हाे ।

कार्यसमितिका अन्य सदस्यहरुमा क्रमश: उपाध्यक्षमा लेप्टेन मेख बहादुर गुरुङ, सचिवमा प्रकाश रावत, सह सचिवमा किरण गुरुङ, कोषाध्यक्षमा गंज बहादुर तामांग र सह कोषाध्यक्षमा नारायण घले निर्वाचित भए । मेडिया अफिसरमा मुकेश राईलाई चयन गरियो । त्यसैसैगरी बेलायतका बिभिन्न क्षेत्रमा बसोबारत संस्थाको सदस्यहरुलाई हरेक विषयमा जानकारी पुर्याउन तथा संस्था एकत्रित हुन सहज होस् भन्ने अभिप्राय लिएर १२  स्थानमा क्रमशः अल्डरसट/फानबोरो, बेइजिङ्गस्टोक, ब्रेकनेल, स्याण्डस्ट, कोलचेस्टर, हन्स्लो, मेडस्टन, अक्सफोर्ड,रिडिंग, स्वीन्डन, वेम्ब्ली,वेल्स, क्षेत्रीय प्रतिनिधि सदस्यको चयन गरियो ।

करिब ११ बजे सुरु भएको कार्यक्रमको  शुरुवातमा अनौपचारिक भेटघाटको कार्यक्रम रहेको थियो जहाँ पल्टनका नयाँ सदस्यदेखि लिएर पुरानो साहेब र उनीहरुको परिवारहरुको बीच विगत र वर्तमानको सुख-दुखका रमाईलो कुराकानी आदान-प्रदान भएको थियो ।

अपरान्ह करिब ३ बजे मेजर भोलामान राईको अध्यक्ष्यतामा संस्थाको तेस्रो अधिवेशन औपचारिक रुपमा शुरु भएको थियो । कोषाध्यक्षको अनुपस्थितिमा सचिव एम थापाले प्रस्तुत गर्नु भएको संस्थाको वार्षिक र आर्थिक प्रतिवेदनलाई सभाद्वारा सर्वसहमतिमा पारित भएको थियो ।  कार्यक्रममा संस्थाको सदस्यता नवीकरण, संस्थाको आगामी ६० वौं जयन्ती मनाउनेबारे र अन्य विषयगत बुँदाबारे सदस्यहरुले सभामा उठाएको विषयमाथि छलफल भई पारित गरियाे ।
मुख्य खाना पछि मनोरन्जनात्मक कार्यक्रममा सबै सदस्य तथा उनीहरुको परिवारले भरपुर आनन्द लिए पछि साँझ करिब ८ बजे कार्यक्रम अन्त्य भयो ।
किरण टी लिम्बू , मेडिया अफिसर

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक