
लन्डन । चाल्टर्न नेपाली समाजको वार्षिक भेटघाट तथा समर बार्बेक्यू कार्यक्रम गत वर्षभन्दा अलिक पृथक शैलीमा हुंदैछ भोलि आइतबार । चाल्टर्नस्थित मेरिडियन स्पोर्ट्स क्लब मैदानमा हुने कार्यक्रममा यसपाली चाल्टर्न क्षेत्रका महिलाहरु समेतको भलिबल प्रतियोगिता हुने भएकाले कार्यक्रममा झनै रौनक थप्ने अपेक्षा छ । महिला भलिबलमा ३ टोली भिड्दैछन् । महिला टिममा क्याप्टेनहरु संगीता मगर, रत्ना शाही र पार्वती कंडेल ले नेतृत्व गर्दैछन् भने पुरुषहरुतर्फ ६ टोलीबीच प्रतिपष्पर्धा हुने भएकाले खेल निकै आकर्षक हुने समाजका उपाध्यक्ष तथा खेल आयोजक समितिका संयोजक टंक कंडेलले बताए ।
खेल सफल पार्न समाजका अध्यक्ष रोमनाथ पाण्डे, सल्लाहकारहरु रेश्मी खड्का, दीपक भट्ट र र प्रकाश खरेल सक्रिय छन् ।
यूकेमै पनि परिचित राधिका हमाल, रामजी खांड र थानेश्वर गौतमको सांगीतिक प्रस्तुति कार्यक्रमको अर्को आकर्षण हुने आयोजकले जनाएका छन् । गौतम लोक भाकाको सालैजो, रोइला तथा गजलमा चर्चा कमाएका कलाकार हुन् ।
कार्यक्रममा प्रवेश शुल्क वयस्कहरुका लागि १० पाउण्ड तोकिएको छ भने ५ वर्ष मुनीका वालवालिकाको हकमा फ्रि र ५ देखि १० वर्ष सम्मका लागि ५ पाउण्ड लाग्ने जनाइएको छ । कार्यक्रम दिनको १२ बजे देखि खुला चौरमा बार्बेक्यूसंगै शुरु भएर सांझ ७ बजे समापन हुनेछ ।
चाल्टर्न समाजका अध्यक्ष रोमनाथ पाण्डेले समाजले न्यूनतम शुल्कमा अधिकतम मनोरन्जन सहितको बार्बेक्यू तय गरिएको भन्दै स्थानीय तथा अन्य क्षेत्रका इच्छुक नेपालीहरुलाई सहभागी हुन आव्हान गरेका छन् ।
यो क्षेत्रका उल्लेख्य नेपालीहरुको उपस्थितिमा हरेक वर्ष आयोजना हुने समाजको वार्षिक समर भेटघाट खेलकुद, सांस्कृतिक कार्यक्रम तथा मनोरन्जनका हिसावले चर्चित बन्ने गरेको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग