
लन्डनमा नेपाली क्रिकेटरहरुलाई सम्मान
लन्डन । लर्डसमा एमसीसीसंग मैत्रीपूर्ण खेल खेल्न लन्डन आएको नेपाली क्रिकेट टिमलाई यहां विदाइसहित सम्मान गरिएको छ । बिहीबार नेपाल उड्नुअघि एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य र सफल व्यवसायी रबि लामिछानेले दिवाभोजसहित खेलाडीको विदाइ गरेका हुन् । कार्यक्रममा नेपालले गत मंगलबार एमसीसीसंग भएको म्याच ४१ रनले जितेर नेपाल र नेपालीकै इज्जत र गौरब बढाएको भन्दै खेलाडीको प्रशंसा र बधाइ दिइयो । सहभागीले नेपालको राजनीतिक अस्थिरताले मन खिन्न हुनु परेपनि खेलाडीले नेपाली हुनुमा गौरव र सान बढाएको धारणा राखेका थिए ।
कार्यक्रममा कप्तान पारस खड्काले बेलायतस्थित नेपाली समुदायले खेल अवधिभर ठूलो हौसला प्रदान गरेकामा आभार व्यक्त गरे । उनले लर्डसमा खेल्ने आफूहरुको सपना पुरा भएको बताउंदै यसले आगामी दिनमा अझ आत्मविश्वास बढाएको उल्लेख गरे ।
एनआरएनए युरोप संयोजक आचार्यले नेपालको क्रिकेट विकासका लागि एनआरएनबाट हुने आर्थिक तथा नैतिक सहयोग निरन्तर रहने धारणा राखे । त्यसैगरि, व्यवसायी लामिछानेले प्रस्ताव आए खेलाडीका लागि आर्थिक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए ।
यसअघि खेलाडीहरुको सम्मानमा नेपाली दूतावास लन्डन, एभरेष्ट इन ग्रुप, महन्त श्रेष्ठ, ओजेश सिंह, बीपी खनाल लगायत व्यवसायीले दिवा तथा रात्रीभोज दिएका थिए । एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक एवं नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारीले खेलाडीलाई बधाइ दिंदै खेलले सबै वर्ग र समुदायलाई एकत्रित बनाउन सकेको बताए ।
नेपाल टिमले लन्डन आएपछि चारवटा अन्य प्राक्टिस म्याच पनि जितेको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति