
लन्डन । लर्डसमा एमसीसीसंग मैत्रीपूर्ण खेल खेल्न लन्डन आएको नेपाली क्रिकेट टिमलाई यहां विदाइसहित सम्मान गरिएको छ । बिहीबार नेपाल उड्नुअघि एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य र सफल व्यवसायी रबि लामिछानेले दिवाभोजसहित खेलाडीको विदाइ गरेका हुन् । कार्यक्रममा नेपालले गत मंगलबार एमसीसीसंग भएको म्याच ४१ रनले जितेर नेपाल र नेपालीकै इज्जत र गौरब बढाएको भन्दै खेलाडीको प्रशंसा र बधाइ दिइयो । सहभागीले नेपालको राजनीतिक अस्थिरताले मन खिन्न हुनु परेपनि खेलाडीले नेपाली हुनुमा गौरव र सान बढाएको धारणा राखेका थिए ।
कार्यक्रममा कप्तान पारस खड्काले बेलायतस्थित नेपाली समुदायले खेल अवधिभर ठूलो हौसला प्रदान गरेकामा आभार व्यक्त गरे । उनले लर्डसमा खेल्ने आफूहरुको सपना पुरा भएको बताउंदै यसले आगामी दिनमा अझ आत्मविश्वास बढाएको उल्लेख गरे ।
एनआरएनए युरोप संयोजक आचार्यले नेपालको क्रिकेट विकासका लागि एनआरएनबाट हुने आर्थिक तथा नैतिक सहयोग निरन्तर रहने धारणा राखे । त्यसैगरि, व्यवसायी लामिछानेले प्रस्ताव आए खेलाडीका लागि आर्थिक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए ।
यसअघि खेलाडीहरुको सम्मानमा नेपाली दूतावास लन्डन, एभरेष्ट इन ग्रुप, महन्त श्रेष्ठ, ओजेश सिंह, बीपी खनाल लगायत व्यवसायीले दिवा तथा रात्रीभोज दिएका थिए । एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक एवं नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारीले खेलाडीलाई बधाइ दिंदै खेलले सबै वर्ग र समुदायलाई एकत्रित बनाउन सकेको बताए ।
नेपाल टिमले लन्डन आएपछि चारवटा अन्य प्राक्टिस म्याच पनि जितेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते