लन्डन । सरकार माओवादी सशस्त्र द्वन्द्वकालताका यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका कर्णेल कुमार लामाले अदालत समक्ष बयान दिन इन्कार गरेका छन् ।
लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टमा मुद्दाको सुनुवाइ जारी रहंदा नेपाली सेनाका महासेनानी लामाले आफ्नो वकिल मार्फत बयान नदिने बताएको श्रोतले उल्लेख गरेको छ ।
समाचार अनुसार, सुनुवाइको अध्यक्षता गरिरहेका न्यायाधीश जस्टीस स्वीनीले लामालाई बयान दिने वा नदिने भनि सोधेका थिए । गत महिना देखि १२ सदस्यीय जुरीले उनको मुद्दामा केन्द्रिय फौज्दारी अदालत ओल्ड बेलीमा सुनुवाइ गरिरहेको छ ।
जारी सुनुवाइमा अभियोजन पक्षबाट विज्ञ तथा साक्षीहरुले अदालत समक्ष बयान दिइसकेका छन् । गत वर्ष भने अभियोजन पक्षले दोभासे नपाएपछि मुद्दा स्थगित भएको थियो ।
कर्णेल लामा विरुद्ध सन् २००५ मा कपिलवस्तुको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुई सर्वसाधारणलाई चरम यातना दिएको अभियोग छ ।
लामा दक्षिण सुडानस्थित राष्ट्रसंघीय मिसनमा कार्यरत रहेकै बेला छुट्टीमा परिवार भेट्न बेलायत आउंदा लामा गत जनवरी २०१३ मा बेलायती प्रहरीबाट समातिएर करिब अढाइ महिनापछि धरौटीमा रिहा भएका थिए । तत्कालिन समयमा नेपाल सरकारले राष्ट्रसंघमा कार्यरत रहेकै अवस्थामा सार्वभौम देशको एकजना वरिष्ठ सैनिक अधिकारीलाई पक्राउ गरिएकामा विरोध जनाएको थियो ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले लामालाई तत्काल रिहा गर्न माग गर्दै ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनलाई पत्र समेत लेखेका थिए ।
गत पुषमा बेलायतको औपचारिक भ्रमणका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले कर्णेल लामाको मुद्दा छिटो टुंगो लगाइदिन बेलायत सरकारसमक्ष अनुरोध गरेका थिए । मन्त्री थापाले बेलायतका लर्ड चान्सलर एवं कानुनमन्त्री माइकल गोभलाई भेटी नेपालमा संक्रमणकालिन न्यायमा सुधार भइरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेको पृष्ठभूमिमा लामो समयदेखि मुल्तवीमा रहेको कर्णेल लामाको मुद्दा टुंग्याइदिन अनुरोध गरेका थिए । इकान्तिपुर
विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै
विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको माग
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण