लन्डन । सरकार माओवादी सशस्त्र द्वन्द्वकालताका यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका कर्णेल कुमार लामाले अदालत समक्ष बयान दिन इन्कार गरेका छन् ।
लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टमा मुद्दाको सुनुवाइ जारी रहंदा नेपाली सेनाका महासेनानी लामाले आफ्नो वकिल मार्फत बयान नदिने बताएको श्रोतले उल्लेख गरेको छ ।
समाचार अनुसार, सुनुवाइको अध्यक्षता गरिरहेका न्यायाधीश जस्टीस स्वीनीले लामालाई बयान दिने वा नदिने भनि सोधेका थिए । गत महिना देखि १२ सदस्यीय जुरीले उनको मुद्दामा केन्द्रिय फौज्दारी अदालत ओल्ड बेलीमा सुनुवाइ गरिरहेको छ ।
जारी सुनुवाइमा अभियोजन पक्षबाट विज्ञ तथा साक्षीहरुले अदालत समक्ष बयान दिइसकेका छन् । गत वर्ष भने अभियोजन पक्षले दोभासे नपाएपछि मुद्दा स्थगित भएको थियो ।
कर्णेल लामा विरुद्ध सन् २००५ मा कपिलवस्तुको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुई सर्वसाधारणलाई चरम यातना दिएको अभियोग छ ।
लामा दक्षिण सुडानस्थित राष्ट्रसंघीय मिसनमा कार्यरत रहेकै बेला छुट्टीमा परिवार भेट्न बेलायत आउंदा लामा गत जनवरी २०१३ मा बेलायती प्रहरीबाट समातिएर करिब अढाइ महिनापछि धरौटीमा रिहा भएका थिए । तत्कालिन समयमा नेपाल सरकारले राष्ट्रसंघमा कार्यरत रहेकै अवस्थामा सार्वभौम देशको एकजना वरिष्ठ सैनिक अधिकारीलाई पक्राउ गरिएकामा विरोध जनाएको थियो ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले लामालाई तत्काल रिहा गर्न माग गर्दै ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनलाई पत्र समेत लेखेका थिए ।
गत पुषमा बेलायतको औपचारिक भ्रमणका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले कर्णेल लामाको मुद्दा छिटो टुंगो लगाइदिन बेलायत सरकारसमक्ष अनुरोध गरेका थिए । मन्त्री थापाले बेलायतका लर्ड चान्सलर एवं कानुनमन्त्री माइकल गोभलाई भेटी नेपालमा संक्रमणकालिन न्यायमा सुधार भइरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेको पृष्ठभूमिमा लामो समयदेखि मुल्तवीमा रहेको कर्णेल लामाको मुद्दा टुंग्याइदिन अनुरोध गरेका थिए । इकान्तिपुर
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]