लण्डन । खोटाङ समाज युकेले वार्षिक भेला यही शनिबार सम्पन्न गरेको छ ।
बेजिङस्ट्रोकको अलओर्थ स्कुलमा भएको सो वार्षिक भेलामा विकास कार्ययोजनाका प्रगति प्रतिवेदन, खोटाङ्ग नवप्रतिभा सम्मान, दाता सम्मान समेत गरिएको थियो ।
खोटाङ्ग जिल्लाभरिका जनताहरुलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्य लिएर २००७ सालमा खोटाङ्ग सेवा समाज युकेको स्थापना भएको हो । सन् २०११ बाट संस्थाका पूर्व अध्यक्ष रत्नकुमार राईको अध्यक्षतामा बसेको समितिले सक्रियरुपमा संस्थाको विकाश कार्ययोजनालाई अगाडि बढाउँदै लगेको छ । सन् २०१७ साल भित्रमा खोटाङ्ग जिल्लाभरिका जनताको स्वास्थ्य उपचारमा सुविधा पुर्याउने लक्ष्य लिएर सातवटा एम्बुलेन्स र जिल्लामा रहेको हस्पिटलका लागि एउटा भिडियो एक्शरे मेशिन उपलब्ध गराउने उद्देश्य समाजले लिएको छ ।
संस्थाका महासचिव ईश्वर चाम्लिङ्ग राईले कार्यक्रममा जानकारी गराएअनुुसार, खोटाङ्ग जिल्लाका बेलायतबासी दाताहरुबाट ८५ लाखभन्दा बढी सहयोग उक्त कार्ययोजनाका लागि दिने प्रतिवद्धता जाहेर भैसकेको र ६४ लाखभन्दा बढी रकम उठिसकेको छ ।
संस्थाका अध्यक्ष असोककुमार राईले कार्यक्रममा बताएअनुसार, नेपाल सरकारको नीतिनियम पूरा गरी उठेको रकमबाट तीनवटा एम्बुलेन्स काठमाडौंमा भित्र्याई सकेको छ र अब ती एम्बुलेन्सहरु चाँडोभन्दा चाँडो खोटाङ्गका गाउँ गाउँमा पुर्याइने छ ।
संस्थाको निर्णयनुसार २०१७ साल, सेप्टेम्बर भित्रमा दोस्रो कार्ययोजनाका रुपमा बाँकी रहेको सबै योजनाहरु पूरा गरिने छ । यो बृहत कल्याणकारी कार्यमा सहभागिता जनाउन चाहने कुनै पनि सहयोगी मनहरु छुट्न नपरोस भनी सबै जिल्लाबासीहरुसमक्ष महासचिव राईले आह्वान गरेका थिए ।
उक्त अभियानका लागि अमेरिका, मलेशिया र हङकङमा रहेका खोटाङ्गबासीहरु पनि सहयोग प्राप्त भएको संस्थाका उपाध्यक्ष दिनकुमार राईले कार्यक्रमका अबगत गराए ।
सातवटा एम्वुलेन्सहरु सिमपानी, ओख्रे, र बाक्सिलामा वितरण गर्ने र दोस्रो लटमा निर्मली डाँडा, बूईपा, चिसापानी र ऐँशेलुखर्कमा पुर्याउने निर्णय भएको बताइएको छ ।
संस्थाका अध्यक्ष असोककुमार राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष तथा विशिष्ट संरक्षक रत्नकुमार राईले प्रमुख अतिथिको आशनग्रहण गरेका थिए ।
दोस्रो चरणको कार्यक्रम भने कला साहित्य तथा संगीत विभागका संयोजक जगत नवोदित राई र सदस्य सचिव नवराज राईले संचालन गरेका थिए । संस्थाको अध्यक्षको हातबाट नेपालका किराती संस्कृतिको अन्वेषक संगीतकार तथा गायक जितेन राई र गायिकाहरु पार्वती र सरला राईलाई कदर पत्र, खादा र नगद रकमसहित सम्मान गरिएको थियो ।
यस्तै खोटाङ्ग विकास अभियानका लागि सहयोग गर्ने दाताहरुलाई कदर पत्र र खादा ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रममा धनकुटा, इलाम र संखुवासभा सेवा समाज युकेका अध्यक्षहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै खोटाङ्गका ज्येष्ठ नागरिक र नेपालका कलाकारहरुका हातबाट बेलायतबासी खोटाङ्ग जिल्लाका नवप्रतिभाशाली युवाहरुलाई पुरस्कार तथा प्रसंशा पत्र वितरण गरिएको थियो । शिक्षा, स्वास्थ्य ,खेलकूद र अन्य क्षेत्रमा योगदान पुर्याउन सफल प्रतिभाशाली युवाहरु डा.राजिव राई, डा. कपिला राई, आशुतोष राई र रेश्मन राई पुरस्कृत भएका थिए । प्रसंशा पत्र प्रप्त गर्नेहरुमा विरोज राई, जिनेश राई,सविन राई, सुनिता राई, लिलिमा राई, एलिका राई र प्रकृति राई लगायत थुप्रै थिए ।
संस्थाका उपाध्यक्ष दिलकुमार राईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथिका रुपमा आएका छिमेकी जिल्ला इलाम सेवा समाजका अध्यक्ष कमल राई, धनकुटा सेवा समाजका अध्यक्ष र संखुवासभा सेवा समाजका अध्यक्ष गणेश रानाले खोटाङ्ग सेवा समाजले स्वास्थ्य क्षेत्रमा जिल्लाका लागि गर्न लागेको योगदान अतुलनीय रहेको कुरा ब्यक्त गर्दै खोटाङ्ग सेवा समाजले आफूहरुलाई बोलाएर सम्मान गरेकोमा छिमेकी जिल्ला खोटङ्गसंगको नाता अझ प्रगाढ भएको कुरा ब्यक्त गरे ।
कार्यक्रमका अन्तमा नेपालका कलाकारहरुले दर्जनौं सांगीतिक प्रस्तुितहरु पस्केर सबै दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा