
लन्डन । आज १९ जुलाइ मंगलबार । बेलायतको नेपाली समुदायले प्रतिक्षा गरिरहेको विशेष दिन । आज लर्डसमा नेपाली क्रिकेट टिम पहिलो पटक अवतरण हुंदैछ एमसीसीसंग खेल्न । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा जुरेको यो साइत फेरि दोहोरिएला नदोहोरिएला । तर, नेपालीका लागि यो ऐतिहासिक हुनेछ ।
लर्डस क्रिकेट मैदान कसरी जाने त ? धेरैलाई अलमल छ भने चिन्ता लिनु पर्दैन् । कुल १२० जना स्वयंसवेक तपाईंहरुलाई सहयोग गर्न तयारी अवस्थामा रहनेछन् ।
नर्सिङ एसोसिएसन यूकेकी प्रसुना कंडेलको नेतृत्वमा बेकर स्ट्रिट स्टेशनमा करिब १५ जना र सेन्ट जोन्स् उड स्टेशनमा टियर वान इन्टरप्रेनरका तर्फबाट शालिक सापकोटाको नेतृत्वमा १५ जना स्वयंसेवक बाटो देखाउन र अन्य गाइड गर्न रहनेछन् ।
गेटमा टिकेट किनिदिन एवं भित्र पठाउन सहजकर्ताका रुपमा मगर संघका बम थापा मगर, एचएसएमपीका दीप गिरी र तमुधिंका ज्ञाम गुरुङको नेतृत्वमा ३० जना, खेल मैदानको चारै तिर र नजिकको बस स्टेशनमा करिब २० जना र विशेष स्वंयसेवकका रुपमा लर्डससंगको सहकार्यमा खेल मैदान भित्र वरपरका लागि संयोजक कृष्ण प्रसाद शर्माको नेतृत्वमा १३ जना एवं युवा परिचालन समितिका सदस्य समिर गुरुङको नेतृत्वमा अन्य २ दर्जन भन्दा बढि स्वयंसेवक परिचालित हुनेछन् । खेल समाप्त भएपछि बेलुका पनि पुनः तिनिहरुबाटै सहयोग हुनेछ ।
नेपाली दर्शकले स्टेशनहरूमा नेपाली झण्डा राखेर परिचयपत्र लगाएको देखेमा उनीहरूसंग खेलसंग सम्बन्धित कुरा सोध्न सकिनेछ ।
खेल हेर्नका लागि ड्रेस कोड के भन्ने अन्यौलता पनि बढेको छ । पेभिलियनबाहेक सर्वसाधारण दर्शकले क्रिकेटकै लोगो अंकित जर्सी वा अन्य टिसर्ट र सफ्ट जिन्स लगाएर खेल हेर्न सक्ने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । फेन्सी ड्रेस, झन्डा वा ब्यानर भने ग्राउण्ड भित्र प्रतिवन्ध छ ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]