
शरद भेषावकर व्याटिङ गर्दै । उनले इस्टबर्न क्रिकेट क्लबविरुद्ध ६० रन बनाए । तस्बिर : काैशल अधिकारी/कान्तिपुर
लन्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।
चार खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा नेपालले गएराति घरेलु टोली इस्टबोउर्ने क्रिकेट क्लबलाई १८१ रनको भारी अन्तरले हरायो ।
बेलायतको लण्डनस्थित द इस्टबोउर्ने साफरोन्स् स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र तीन विकेटको क्षतिमा ३०० रनको विशाल स्कोर बनायो । नेपालका लागि विनोद भण्डारीले अविजित रहँदै ७७ रन तथा ओपनर अनिल मण्डलले ७३ रन बनाए । त्यस्तै शरद भेषवाकर र अर्का अविजित राजु रिजालले ६० रन बनाएपछि नेपालको उच्च स्कोर बनेको हो । अर्का ओपनर सुवास खकुरेल भने मात्र छ रनमा पेवेलियन फर्किएका थिए ।
तीन सय एक रनको लक्ष्य पछ्याएको इस्ट बोउर्ने ३४.३ ओभरमै मात्र ११९ रन जोड्दै अलआउट भएको थियो । इस्ट बोउर्नेलाई लक्ष्यमा पुग्न नदिन नेपाली बलर सोमपाल कामीले तीन, वसन्त रेग्मी र सागर पुनले दुई÷दुई तथा शक्ति गौचन र विक्रम सोबले एक÷एक विकेट लिएका थिए ।
आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल मेरोलेबोन क्लबको निम्तोमा करिब एक सातादेखि बेलायतको भ्रमणमा रहेको छ ।
यसअघि भएका तीन वटै खेलमा जित निकाल्ने क्रममा नेपालले फ्रि–फोरेस्टर क्लबलाई १२९ रनको विशाल अन्तरले हराएको थियो भने इन्डियन जिमखानालाई २० रनले पाखा लगाएको थियो । त्यस्तै तेस्रो खेलमा क्लब क्रिकेट कन्फ्रेन्सलाई (सिसिसी) चार विकेटले पराजित गरेको थियो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने