बिकिनी मोडलहरुले स्टेजमा बडी देखाएपछि…

Bikini fitness 2

लन्डन । सप्ताहन्त अलिक पृथक कार्यक्रम भयो बेलायतमा । नेपाली महिलामाझ पहिलो पटक फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिता भएको हो । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले गरेको उक्त प्रतियोगितामा विजेता बनिन् कविता पुन । ‘यात्रा सजिलो थिएन तर परिवार अनि सबैको साथले म यहांसम्म आइपुगें’, जितपछि ५ सय पाउण्ड र ट्रफी पुरस्कार लिंदै कविताले खुशी सांटिन् । उनले अन्य महिलाहरुलाई पनि यस खालका प्रतियोगितामा भाग लिन प्रेरित गरेकी छन् ।

त्यसैगरि, फस्ट र सेकेन्ड रनरअप भए क्रमशः सविता पुन र सुमी गुरुङ । बेलायतको स्वीन्डन निवासी कविता र सविता जुम्ल्याहा दिदी बहिनी हुन् । प्रतियोगितामा अनिता लिम्बुले चौंथो स्थान जितिन् ।

सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा प्रतियोगिता भएको हो । एकै दिन अन्य दुई क्याटेगोरीमा पनि प्रतिष्पर्धा भएको थियो । ४० वर्ष नाघेकाबीच भएको मास्टर क्याटेगोरीमा ५६ वर्षीय कबलसिंह राई प्रथम, ५५ वर्षीय उमेशकुमार पुन द्वितीय र ४५ वर्षीय गंगाबहादुर गौचन तृतीय भए ।

ओभर अल क्याटेगोरीमा वीनर बने लाल (रचित) कुंवर । मिस्टर यूके नेपाल कुंवरले एक हजार पाउण्ड र ट्रफी प्राप्त गरेका छन् । त्यस्तै, दोश्रो प्रणय गुरुङ र तेश्रो स्थान लिए विनोद अकाउलियाले ।

महिलाका हकमा पहिलो च्याम्पियनसीप भएपनि पुरुषहरुबीच भने चौंथो प्रतियोगिता हो । प्रतियोगितामा ६० सेकेन्ड इन्डिभिज्यूअल रुटिन म्यूजिक 
राउण्ड र इन्टरनेशनल कम्पलसरी ७ औं पोज राउण्ड समावेश थियो ।

अध्यक्ष भीम (महेन्द्र) गुरुङले बडी बिल्डरहरुलाई अवसर दिन र राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन उत्प्रेरित गराउन प्रतियोगिता गरिएको जानकारी दिए ।

प्रतियोगिताका लागि नेपालबाट आएका मिस्टर नेपाल सानु गुरुङ प्रमुख प्रशिक्षक र किशोर गुरुङ एवं गंगा गुरुङ सहायक प्रशिक्षकको भूमिकामा थिए ।

गत वर्ष ब्रिटिश च्याम्पियसनसीपको फाइनलसम्म पुग्न सफल जविन्द्र राई मिस्टर यूके नेपाल भएका थिए भने २०१३ मा सुक गुरुङ र ०१४ मा विसन गुरुङले उक्त उपाधि सुरक्षित गरेका थिए । तस्विरः मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री