लन्डन । सप्ताहन्त अलिक पृथक कार्यक्रम भयो बेलायतमा । नेपाली महिलामाझ पहिलो पटक फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिता भएको हो । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले गरेको उक्त प्रतियोगितामा विजेता बनिन् कविता पुन । ‘यात्रा सजिलो थिएन तर परिवार अनि सबैको साथले म यहांसम्म आइपुगें’, जितपछि ५ सय पाउण्ड र ट्रफी पुरस्कार लिंदै कविताले खुशी सांटिन् । उनले अन्य महिलाहरुलाई पनि यस खालका प्रतियोगितामा भाग लिन प्रेरित गरेकी छन् ।
त्यसैगरि, फस्ट र सेकेन्ड रनरअप भए क्रमशः सविता पुन र सुमी गुरुङ । बेलायतको स्वीन्डन निवासी कविता र सविता जुम्ल्याहा दिदी बहिनी हुन् । प्रतियोगितामा अनिता लिम्बुले चौंथो स्थान जितिन् ।
सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा प्रतियोगिता भएको हो । एकै दिन अन्य दुई क्याटेगोरीमा पनि प्रतिष्पर्धा भएको थियो । ४० वर्ष नाघेकाबीच भएको मास्टर क्याटेगोरीमा ५६ वर्षीय कबलसिंह राई प्रथम, ५५ वर्षीय उमेशकुमार पुन द्वितीय र ४५ वर्षीय गंगाबहादुर गौचन तृतीय भए ।
ओभर अल क्याटेगोरीमा वीनर बने लाल (रचित) कुंवर । मिस्टर यूके नेपाल कुंवरले एक हजार पाउण्ड र ट्रफी प्राप्त गरेका छन् । त्यस्तै, दोश्रो प्रणय गुरुङ र तेश्रो स्थान लिए विनोद अकाउलियाले ।
महिलाका हकमा पहिलो च्याम्पियनसीप भएपनि पुरुषहरुबीच भने चौंथो प्रतियोगिता हो । प्रतियोगितामा ६० सेकेन्ड इन्डिभिज्यूअल रुटिन म्यूजिक राउण्ड र इन्टरनेशनल कम्पलसरी ७ औं पोज राउण्ड समावेश थियो ।
अध्यक्ष भीम (महेन्द्र) गुरुङले बडी बिल्डरहरुलाई अवसर दिन र राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन उत्प्रेरित गराउन प्रतियोगिता गरिएको जानकारी दिए ।
प्रतियोगिताका लागि नेपालबाट आएका मिस्टर नेपाल सानु गुरुङ प्रमुख प्रशिक्षक र किशोर गुरुङ एवं गंगा गुरुङ सहायक प्रशिक्षकको भूमिकामा थिए ।
गत वर्ष ब्रिटिश च्याम्पियसनसीपको फाइनलसम्म पुग्न सफल जविन्द्र राई मिस्टर यूके नेपाल भएका थिए भने २०१३ मा सुक गुरुङ र ०१४ मा विसन गुरुङले उक्त उपाधि सुरक्षित गरेका थिए । तस्विरः मिलन तमु
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]