
लन्डन । विदेशमा रहेका नेपालीले नेपालका दृष्टिबिहिनहरुलाई आर्थिक सहयोग गरेका छन् । नेपालीले सुनसरीस्थित दृष्टिबिहीनहरुका लागि ब्रेल कम्प्युटर किन्न सहयोग पठाएका हुन् ।
बेलायतमा बसोबासरत पूर्व डिएसपी शिवजी श्रेष्ठको पहलमा कम्प्युटर किन्न सहयोग पठाइएको हो ।
विगतमा इलाका प्रहरी कार्यालय, धरानमा इन्चार्जको रुपमा कार्य गर्दा लागू औषध दुव्र्यसनीहरुलाई सुधार तथा लागू औषध व्यवसायीहरु विरुद्ध अभियान नै चलाएर धरानका जनताको मन जितेका पूर्व डिएसपी श्रेष्ठले हाल बेलायतमा स्वास्थ्यसंग सम्बन्धित अमेरिकी कम्पनी सलाद मास्टरको डिलरसिप सञ्चालन गरिरहेका छन् । श्रेष्ठसहित उर्मिला श्रेष्ठ, बाबुराम प्रधान र सुनिता प्रधानले संयुक्त रुपमा सो कम्प्युटर खरिदका लागि सहयोग प्रदान गरेका हुन् ।
दृष्टिबिहीनहरुलाई कम्प्युटर ब्यबस्थापनको संयोजन गरिरहेका निश्चलमोहन पालिखेका अनुसार दृष्टिबिहीनहरुलाई प्राविधिक ज्ञान दिलाई सबलांग जस्तै इन्टरनेट र सामाजिक सञ्जालमा उनीहरुको पहुंच सरलीकरण गर्न डाइनामिक ब्रुना यूएसद्वारा २ थान ब्रेल कम्युटर सफ्टवेयर उपलब्ध भएकाले ६ थान कम्प्युटर आवश्यक परेको थियो ।
धरानलाई केन्द्र बनाएर सञ्चालित सुनसरी नेत्रहिन संघले दृष्टिबिहीनहरुलाई आफ्नो हक हित र अधिकारबारे सुसूचित गराउने, आय आर्जनका लागि विभिन्न किसिमका सीपमुलक तालिम दिने तथा सम्मानजनक जीवनयापन गर्न सक्षम गराउने कार्यमा लागिपरेकाले उक्त संस्थाका लागि केहि सहयोग गर्न पाउंदा खुशी लागेको सहयोगदातामध्येकी एक सुनिता प्रधानले बताइन् ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा