
लन्डन । विदेशमा रहेका नेपालीले नेपालका दृष्टिबिहिनहरुलाई आर्थिक सहयोग गरेका छन् । नेपालीले सुनसरीस्थित दृष्टिबिहीनहरुका लागि ब्रेल कम्प्युटर किन्न सहयोग पठाएका हुन् ।
बेलायतमा बसोबासरत पूर्व डिएसपी शिवजी श्रेष्ठको पहलमा कम्प्युटर किन्न सहयोग पठाइएको हो ।
विगतमा इलाका प्रहरी कार्यालय, धरानमा इन्चार्जको रुपमा कार्य गर्दा लागू औषध दुव्र्यसनीहरुलाई सुधार तथा लागू औषध व्यवसायीहरु विरुद्ध अभियान नै चलाएर धरानका जनताको मन जितेका पूर्व डिएसपी श्रेष्ठले हाल बेलायतमा स्वास्थ्यसंग सम्बन्धित अमेरिकी कम्पनी सलाद मास्टरको डिलरसिप सञ्चालन गरिरहेका छन् । श्रेष्ठसहित उर्मिला श्रेष्ठ, बाबुराम प्रधान र सुनिता प्रधानले संयुक्त रुपमा सो कम्प्युटर खरिदका लागि सहयोग प्रदान गरेका हुन् ।
दृष्टिबिहीनहरुलाई कम्प्युटर ब्यबस्थापनको संयोजन गरिरहेका निश्चलमोहन पालिखेका अनुसार दृष्टिबिहीनहरुलाई प्राविधिक ज्ञान दिलाई सबलांग जस्तै इन्टरनेट र सामाजिक सञ्जालमा उनीहरुको पहुंच सरलीकरण गर्न डाइनामिक ब्रुना यूएसद्वारा २ थान ब्रेल कम्युटर सफ्टवेयर उपलब्ध भएकाले ६ थान कम्प्युटर आवश्यक परेको थियो ।
धरानलाई केन्द्र बनाएर सञ्चालित सुनसरी नेत्रहिन संघले दृष्टिबिहीनहरुलाई आफ्नो हक हित र अधिकारबारे सुसूचित गराउने, आय आर्जनका लागि विभिन्न किसिमका सीपमुलक तालिम दिने तथा सम्मानजनक जीवनयापन गर्न सक्षम गराउने कार्यमा लागिपरेकाले उक्त संस्थाका लागि केहि सहयोग गर्न पाउंदा खुशी लागेको सहयोगदातामध्येकी एक सुनिता प्रधानले बताइन् ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति