लन्डन । १९ जुलाइमा लर्डस क्रिकेट ग्राउण्डमा एमसीसी भर्सेज नेपाली टिमको क्रिकेट खेल हेर्न जाने दर्शक अप्रत्यासित बढेका छन् । टिकेटिङ व्यवस्थापन गरिरहेका राजन खकुरेलले भर्खर विभिन्न संस्थाबाट ५ सय टिकेटको अर्डर आएको जनाउंदै सो को व्यवस्थापन आफूले गरेको बताए । ५० भन्दा बढि टिकेट चाहिएमा आफूलाई सम्पर्क गर्न पनि खकुरेलले आग्रह गरेका छन् ।
नेपाली खेलाडी बेलायत उत्रिएपछि दर्शकहरु निकै उत्साहित भएका देखिन्छ । बेलायत आए लगत्तै लगातार ४ वटा अभ्यास खेल जितेको नेपाली टोली निक्कै फर्ममा रहेको र एमसीसी विरुद्ध निक्कै प्रतिष्पर्धी देखिने विश्वास गरिएको छ ।
यतिखेर बेलायतको नेपाली समुदाय क्रिकेटमय छ । आफ्नो राष्ट्रिय टिम लर्डसमा उत्रिएको हेर्न दर्शक आतुर छन् । स्कटल्याण्ड, आयरल्याण्ड, वेल्सबाट समेत सोचेभन्दा बढि दर्शक आउने जानकारी पाएको पिआर संयोजक एभरेष्ट गौतमले बताए ।
खेलाडी पनि बेलायतवासी नेपालीको राम्रो रेस्पोन्सले उत्साहित छन् । खेलाडीलाई लर्डसको व्यवस्थापन र टिकेट विक्री देखेर थप उत्साहित तुल्याएको हो ।
खेल आयोजक मुल समितिले उक्त दिन खेल हेरेर नेपाल र नेपाली टिमलाई समर्थन गर्न आग्रह गरेको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा