
लन्डन । काठमान्डूस्थित दि ब्रिटिश कलेजका कर्मचारीहरु प्राज्ञिक प्रशिक्षणका लागि बेलायत आएका छन् । कलेजका आइटी प्रोग्राम लिडर अरुण जोशी र विजनेश प्रोग्राम कोअर्डिनेटर प्रज्वल श्रेष्ठ युनिभर्सिटी अफ द वेष्ट अफ इंग्ल्याण्डमा प्रशिक्षणका लागि आएका हुन् ।
उनीहरुले प्राज्ञिक दक्षता, लाइब्रेरी सेवा र व्यवस्थापन सम्वन्धमा तालिम लिइरहेका छन् ।
जोशी र श्रेष्ठलाई युनिभर्सिटीकी प्रो भाइस चान्सलर एवं एक्जुकेटिभ डिन डोन्ना ह्वाइटहेडले स्वागत गरेकी थिइन् । बेलायत भ्रमणका क्रममा उनीहरुले विश्वकै प्रख्यात अक्सफोर्ड युनिभर्सिटी भ्रमण गरेर बेलायती शिक्षा र विश्वविद्यालय प्रणालीबारे जानकारी लिएका छन् ।
ति दुई कर्मचारी गत १२ जुलाइमा लिड्स बेक्केट युनिभर्सिटीमा आयोजित उच्च शिक्षामा विशिष्टता प्रवाहबारेको सम्मेलनमा सहभागी भए । उक्त सम्मेलनमा डा. अमान्डा वीलकोक्स, क्वालिटी एसुरेन्स एजेन्सी यूके आवद्ध डगलस ब्ल्याकस्टक एवं निक हिलम्यान कि नोट स्पिकरका रुपमा थिए ।
द ब्रिटिश कलेजका फाउन्डर एवं सिइओ राजन कंडेलले आफ्ना कर्मचारीलाई त्यस खालका सम्मेलन र प्रशिक्षणमा निरन्तर सहभागी गराएर कलेजको शैक्षिक गुणस्तर झन् उच्च बनाइएको बताए । प्रोग्राम लिडर जोशीले सम्मेलन र प्रशिक्षणको अवसर पाएर आफूले धेरै सिकेको अनुभव सुनाए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने