लन्डन । पश्चिम नेपालको बागलुङ जिल्लाका दृष्टिविहीनहरुको सहयोगार्थ ब्रिटेनमा चार नेपाली युवाले साइकल दौडमा भाग लिने भएका छन् ।
कृष्णप्रसाद पंगेनी (स्याङजा) , अर्जुन खनाल (स्याङजा), प्रकाश थापा (बुटवल) र शिव न्यौपाने (रुपन्देही) ले यही जुलाई ३१ तारिखका दिन ब्रिटिश हर्ट फाउण्डेशनद्वारा आयोजना गरिन लागेको साइकल दौडमा भाग लिन लागेका हुन् । उनीहरुले उठाएको सहयोग बागलुङका दृष्टिविहीनहरुका लागि सेतो लठ्ठी किन्न र दृष्टिविहीन विद्यार्थीहरुकालागि शैक्षिक तथा खेल सामग्री किन्न उपयोग गरिनेछ ।
दाताहरुले दिएको सबै रकम युकेमा रजिष्टर्ड च्यारिटी हेल्प नेपाल नेटवर्क युके शाखासंगको सहकार्यमा नेपाल पठाइनेछ। यो अभियानमा सघाउन इच्छुक दाताहरुले यो लिङ्कमा गएर अनलाइन डोनेशन गर्न सक्नेछन् ।
“दृष्टि नभएका कारण संसार हेर्नबाट वन्चित दृष्टिविहीनहरुकालागि सेतो लठ्ठी र शैक्षिक सामग्री किन्न थालिएको यो अभियान साह्रै प्रशंसनीय छ। यसमा मन खोलेर सघाउन म सबै नेपाली संघसंस्था र महानुभावहरुलाई आग्रह गर्दछु,” हेल्पनेपाल युकेका अध्यक्ष डा. प्रणब ज्ञवालीले भन्नुभयो। हेल्प नेपालमार्फत उठेको रकम एक पैसा पनि प्रशासनिक काममा खर्च नभै तोकेको उद्देश्यकालागि मात्रै पठाइने भएकाले ढुक्क भएर सहयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो।
थप जानकारीकालागि कृष्णप्रसाद शर्मालाई फोन 07415360712 वा इमेल [email protected] मा सम्पर्क गर्न पनि आयोजकहरुले अनुरोध गरेका छन्।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो