लन्डन । पश्चिम नेपालको बागलुङ जिल्लाका दृष्टिविहीनहरुको सहयोगार्थ ब्रिटेनमा चार नेपाली युवाले साइकल दौडमा भाग लिने भएका छन् ।
कृष्णप्रसाद पंगेनी (स्याङजा) , अर्जुन खनाल (स्याङजा), प्रकाश थापा (बुटवल) र शिव न्यौपाने (रुपन्देही) ले यही जुलाई ३१ तारिखका दिन ब्रिटिश हर्ट फाउण्डेशनद्वारा आयोजना गरिन लागेको साइकल दौडमा भाग लिन लागेका हुन् । उनीहरुले उठाएको सहयोग बागलुङका दृष्टिविहीनहरुका लागि सेतो लठ्ठी किन्न र दृष्टिविहीन विद्यार्थीहरुकालागि शैक्षिक तथा खेल सामग्री किन्न उपयोग गरिनेछ ।
दाताहरुले दिएको सबै रकम युकेमा रजिष्टर्ड च्यारिटी हेल्प नेपाल नेटवर्क युके शाखासंगको सहकार्यमा नेपाल पठाइनेछ। यो अभियानमा सघाउन इच्छुक दाताहरुले यो लिङ्कमा गएर अनलाइन डोनेशन गर्न सक्नेछन् ।
“दृष्टि नभएका कारण संसार हेर्नबाट वन्चित दृष्टिविहीनहरुकालागि सेतो लठ्ठी र शैक्षिक सामग्री किन्न थालिएको यो अभियान साह्रै प्रशंसनीय छ। यसमा मन खोलेर सघाउन म सबै नेपाली संघसंस्था र महानुभावहरुलाई आग्रह गर्दछु,” हेल्पनेपाल युकेका अध्यक्ष डा. प्रणब ज्ञवालीले भन्नुभयो। हेल्प नेपालमार्फत उठेको रकम एक पैसा पनि प्रशासनिक काममा खर्च नभै तोकेको उद्देश्यकालागि मात्रै पठाइने भएकाले ढुक्क भएर सहयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो।
थप जानकारीकालागि कृष्णप्रसाद शर्मालाई फोन 07415360712 वा इमेल [email protected] मा सम्पर्क गर्न पनि आयोजकहरुले अनुरोध गरेका छन्।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार