लन्डन । फ्रान्सले अर्को आतंकवादी आक्रमणको सामना गर्नुपरेको छ । लरी चालकले बिहीबार राती ११ बजे दक्षिणी फ्रान्सको निस शहरमा हजारौंको भिडमाथि अन्धाधुन्ध लरी (ट्रक) कुदाउंदा ८४ जना मारिएका छन् । ५० भन्दा बढि घाइते मध्ये १८ जनाको अवस्था गम्भीर भएको बीबीसीले जनाएको छ । मारिनेमा कयौं वालवालिका पनि छन् । मृतक संख्या अरु बढ्ने अनुमान गरिएको छ । आक्रमणको कसैले जिम्मेवारी लिएको छैन् ।
चालकले शुरुमा गन फायर गरि प्रोमेनेड डेस एंगलियस सडकमा करिब दुई किलोमिटरसम्म लरी कुंदाएर स्वतन्त्रता दिवस (बस्टिल डे) मनाइरहेका सर्वसाधारणको हत्या गरेको हो । फ्रान्सेली राष्ट्रपति फ्रान्सियस अलन्डले आतंकवादी आक्रमणको संज्ञा गर्दै घट्नाको निन्दा गरेका छन् । उनले सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाउंदै यसै महिनाको अन्तिममा अन्त्य र्ने भनिएको ‘संकटकाल’ अरु तीन महिना लम्ब्याइएको बताएका छन् । अलन्डले आतंकवाद विरुद्धको लडाईं जारी रहने पनि उद्घोष गरेका छन् । अहिले सुरक्षा बैठक बसिरहेको छ ।
घट्नाको विश्व नेताले भत्र्सना गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा, क्यानेनिडयन प्रधानमन्त्री जस्टिन ट्रेडयू, जर्मन चान्सलर एंगेला मर्केल, संयुक्त राष्ट्रसंघ आदिले आतंकवादी आक्रमणको निन्दा गरेका छन् ।
प्रहरीले चालकलाई गोली हानी मारिदिएको छ । लरीमा भेटिएको आइडी कार्डका अनुसार चालक ३१ वर्षीय ट्यूनिसियामुलको फ्रान्सेली भएको प्रहरीले जनाएको छ । लरीभित्र भारी मात्रामा ग्रीनेड र हातहतियार रहेको त्यहांको उपमेयरले फ्रान्सेली टिभीलाई जनाएका छन् ।
फ्रान्सले यसअघि पनि आतंकवादी आक्रमणको सामना गरेको थियो । १८ महिनायता फ्रान्सले ७ औं आतंकवादी निसाना भोगेको हो । गत वर्ष नोभेम्बरमा कन्सर्टमा रमाइरहेका दर्शकमाथि आक्रमण गरि एकसय ३० जनाको हत्या गरिएको थियो भने गत वर्ष जनवरीमा चार्ली हेब्डो पत्रिकाको कार्यालयमा भएको आततायी आक्रमणमा १७ जनाको हत्या भएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा