
लन्डन । गायिका झुमा लिम्बु बुधबार सांझ लन्डन उत्रिएकी छिन् । उनी हिथ्रो विमानस्थल टर्मिनल फोरमा उत्रंदा माङ्गेन्ना चुम्लुङ यूकेकी अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बु, उपाध्यक्ष कल्पना
आङबुहाङ र सल्लाहकार श्रीमती नरकुमारी लिम्बु एवं एनआरएनए आइसीसी सदस्य श्रीमति शुष्मा राईले पुष्प गुच्छा र खादाले स्वागत गरे ।
लिम्बु मुन्धुम संगीतको खोज तथा अनुसन्धानकर्ता गायिका झुमा लिम्बु (वनेम) याक्थुङ माङ्गेन्ना चुम्लुङ यूकेको निमन्त्रणा एवं स्पोन्सरमा बेलायत आएकी हुन् । बेलायत भ्रमणका क्रममा याक्थुङ माङ्गेन्ना चुम्लुङ यूकेले विभिन्न शहरमा झुमाको सांगीतिक कार्यक्रम गरिने जनाएको छ ।
सुमधुर स्वरकी धनी गायिका झुमाले नेपाली तथा लिम्बु गीत संगीतका निमित्त धेरै योगदान गरेकी छिन् । पहिलो गीति एल्बम ए साइला… को अपार सफलता पछि निरन्तर गीत संगीत साधनामा लागेकी छन् झुमा । नेपाली सांगीतिक आकाशमा उनलाई एक चम्किलो ताराका रुपमा पनि लिइन्छ ।
सायद संगीतका मुर्धन्य व्यक्तित्व स्वर्गीय अमर गुरुङको कुशल प्रशिक्षण र आशीर्वादले होला, गायिका झुमाका आधुनिक गीतहरु कर्णप्रिय र ह्दयस्पर्शी छन् । उनको दोस्रो गीति एल्बम अम्बर संगीत यसको ज्वलन्त दृष्टान्त हो ।
झुमाले लिम्बु लय र संगीतको लामो समयसम्म खोज अनुसन्धान गरि केहि वर्ष अगाडि खासाम गीति एल्बम श्रोता समक्ष ल्याएकी थिइन् ।
कतिपय श्रोता खासाम लिम्बु गीत संगीतको एकत्रित दर्पण, लिम्बु जातिहरुको जनजिब्रो र मुन्धुम संगीतको संग्रह पनि ठान्दछन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत