
लन्डन । एमसीसी भर्सेज नेपाल क्रिकेट खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावासको संयोजनमा गठित मूल समितिले जर्सी बेचेर नेपाली खेलाडीलाई सहयोग प्रदान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेटको जर्सी बिक्री गरेर संकलित रकम नेपाली खेलाडीलाई हस्तान्तरण गरिएको हो । नेपाली टोलीका कप्तान पारस खड्कामार्फत क्रिकेट प्लेयर्स एसोसिएसन नेपाललाई कुल १ हजार ९ सय ११ पाउण्ड ७५ पेन्स हस्तान्तरण गरिएको हो ।
गत मंगलबार सांझ नेपालबाट आएका क्रिकेट खेलाडीको सम्मानमा दूतावासमा आयोजित समारोहमा कार्यवाहक राजदूत शरदराज आरन र समितिका आर्थिक संयोजक दीपक श्रेष्ठ, टिकेटिङ संयोजक राजन खकुरेल तथा पिआर व्यवस्थापक फोटो पत्रकार एभरेष्ट गौतमले कप्तान पारस खड्कालाई सो रकम हस्तान्तरण गरेका हुन् ।
एनआरएनए यूकेका कोषाध्यक्ष समेत रहेका संयोजक श्रेष्ठ र खकुरेलको संयोजनमा नेपालबाट ल्याइएका ६ सय ८० जर्सी बिक्री गरेर सो रकम संकलन गरिएको थियो । ती जर्सी बेलायत ल्याउंदा कुल ४ हजार ९ सय ८८ पाउण्ड २५ पेन्स लागत परेको थियो । जर्सी बिक्रीका लागि संयोजक श्रेष्ठ, टिकेटिङ संयोजक राजन खकुरेल, पिआर व्यवस्थापक एभरेष्ट गौतम र गणेश खड्काले निकै मिहेनत गरेका थिए ।
जर्सीको बिक्रीबाट कुल ६ हजार ९ सय पाउण्ड संकलन भएको संयोजक श्रेष्ठले जानकारी दिए । यसरी संकलित कुल रकमबाट खर्च कटाएर बचेको पूरै रकम क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल लागि प्रदान गरिएको श्रेष्ठले बताए । १९ जुलाइमा लर्डसमा हुने एमसीसी र नेपालबीचको खेलमा नेपाली खेलाडीलाई प्रोत्साहनका लागि सहभागीले टिसर्ट लगाउन् भन्ने उद्देश्यले जर्सी झिकाइएको पनि श्रेष्ठले जनाए ।
सहयोग रकम बुझिसकेपछि नेपाली क्रिकेट टोलीका कप्तान खड्काले नेपाली क्रिकेटरको हौसला बढाउनका लागि मुल समिति र संघ संस्थाहरुले ठूलो मिहेनत गरेको भन्दै प्रशंसा गरेका थिए ।
यसअघि जर्सी खरिद गरेर बेलायत ल्याउन बेलायतस्थित पर्यटन बोर्डका प्रतिनिधि पशुपति भण्डारी र डा. कपिल रिजालले एक एक हजार पाउण्ड ऋण सहयोग गरेका थिए । लागत रकममध्ये बांकी २ हजार ९ सय ८८ पाउण्ड २५ पेन्स भने संयोजक श्रेष्ठ आफैंले खर्च गरेका थिए । जर्सी बिक्री गरेपछि संकलित रकमबाट सबै ऋण सहयोग फिर्ता गरिसकिएको पनि श्रेष्ठले जानकारी दिएका छन् ।

बेलायतमा जर्सी बिक्रीका लागि श्रेष्ठको संयोजनमा पशुपति भण्डारी, यादव भण्डारी, डा. कपिल रिजाल, ज्ञाम गुरुङ, जिवन सेन, बीरेन्द्र श्रेष्ठ, कृष्ण तिमिल्सिना, विनोद ज्ञवाली, समिर गुरुङ, सुलभ श्रेष्ठ, ललित न्यौपाने लगायतले सहयोग गरेका थिए । त्यस्तै डार्टफोर्ड नेपाली समाज, वेलिङ फुटबल समूह, पासा पुचः साउथ इष्ट, माया दिदी रेष्टुरेन्ट, चौतारी रेष्टुरेन्ट र नमस्ते रेष्टुरेन्टले पनि जर्सी बिक्रीमा सहयोग पुरयाएको भन्दै संयोजक श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा