लन्डन । संसारकै पुरानो क्लब भनिएको इङ्ल्यान्डको मरिलेबोन क्लबको निमन्त्रणामा बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ ।
बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।
इन्डियन जिमखाना मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेकको नेपालले निर्धारित ४० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३५ रनको विशाल लक्ष्य खडा गरयो । नेपालको सहज जितका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले अर्धशतकीय पारी खेले । ओपनर अनिल मल्ल चार रनमा आउट भएपछि नेपालको सुरुवात भने सुखद भएन । तर अर्का ओपनर ज्ञानेन्द्रले ७४ रनको पारी खेल भने तेस्रो क्रममा आएका शरदले ५० रन बनाए । त्यस्तै कप्तान पारस खड्काले ४०, सागर पुनले २१, राजेश पुलामीले ११, अविजित रहेका राजु रिजाल र सोमपाल कामीले आठ÷आठ तथा विनोद भण्डारीले सात रन बनाएपछि नेपालले घरेलु टोलीसामु गतिलो चुनौती पस्कन सक्यो ।
जवाफी ब्याटिङमा आएको फ्रि फोरेस्टरले २९.१ ओभरमै सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । नेपाली बलरहरु विक्रम सोबले चार, सन्दीप लामिछानेले तीन, करण केसीले दुई तथा शक्ति गौचनले एक विकेट लिएपछि फ्रि फोरेस्टर अलआउट भयो ।
खेलअघि नेपाली टोलीका कप्तान पारसले फ्रि फोरेस्टरका कप्तान ज्याक किङ्सलाई नेपाली वीरताको प्रतीक खुकुरी उपहार दिनुभएको थियो ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति