
लन्डन । अहिले केहीको बढि चर्चा छ भने त्यो हो क्रिकेट । नेपाली क्रिकेट टोली एमसीसी (मार्लेबोन क्रिकेट क्लव) संग मैत्रीपूर्ण खेल खेल्न सोमबार लन्डन आएपछि त माहोल झन् तातेको छ ।
१९ जुलाइमा लर्डसमा हुने खेलका लागि आएका नेपाली क्रिकेट खेलाडीको सम्मानमा लन्डन दूतावासले मंगलबार सांझ एक स्वागत कार्यक्रम गरेको छ । कार्यक्रम क्रिकेट सांझ जस्तो लाग्थ्यो । १५ खेलाडी, कोच र अफिसियलहरुलाई सम्मान अनि उनीहरुसंग तस्विर खिचाउन सहभागी व्यस्त भइरहे । खेलाडीलाई सफलताको शुभकामना दिंदै सम्मान गरियो ।
कार्यवहाक राजदूत शरद राज आरनले शुभकामना व्यक्त गर्ने क्रममा नेपाली खेलाडीको मनोबल उच्च बनाउन समस्त नेपाली समुदायलाई खेलमा सहभागी भइदिन आग्रह गरे । उनले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा गर्न लागिएको उक्त ऐतिहासिक खेलले दुई देशबीचको सम्वन्ध अझ प्रगाढ बनाउने बताए ।
कार्यक्रमका आकर्षण कप्तान पारस खड्का खुब उत्साहित देखिन्थे । उनले लर्डसमा खेल्न आफूहरु उत्साहित भएको बताउंदै यो नेपाली खेलाडीका लागि अभूतपूर्व अवसर भएको जनाए । उनले बेलायतस्थित नेपाली समुदायलाई खेलमा आएर थप हौसला प्रदान गर्न पनि आग्रह गरे ।
मन्तव्यका क्रममा एमसीसी सचिवालयका असिस्टेन्ट सेक्रेटरी (क्रिकेट) जोन स्टेफेन्सनले नेपाली खेलाडीलाई स्वागत गर्न आफूहरु आतुर रहेको जनाउंदै गत वर्ष नेपाल भ्रमणको स्मरण गरे । एमसीसीले नेपाल क्रिकेट विकासका लागि सधैं साथ दिने पनि उनले बताए ।
कार्यक्रममा डा. राघवप्रसाद धिताल (ओबिइ) र एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले पनि खेलाडीलाई शुभकामना दिए । दूतावासका अट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा फोटो पत्रकार एभरेष्ट गौतम, गणेश खड्का, दीपक श्रेष्ठ, ज्ञाम गुरुङ लगायतले १९ जुलाइको खेल तयारीबारे अपडेट गराएका थिए ।
कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा