
लन्डन । नेपलिज आर्टिष्ट एसोसिएसन यूकेले बेलायतस्थित नेपाली वालवालिकाबीच एकल नृत्य प्रतियोगिता गर्ने भएको छ । एसोसिएसनले सप्ताहन्त एक पत्रकार सम्मेलन गरि अगष्ट दोश्रो साता प्रतियोगिता गर्ने जानकारी दिएको हो ।
७ देखि ११ वर्ष र १२ देखि १६ वर्षका वालवालिकाबीच दुई क्याटगोरिजमा प्रतियोगिता गरिने आयोजकले जनाएका छन् । प्रतियोगिताका लागि २५ पाउण्ड दर्ता शुल्क लाग्ने र सहभागी हुन इच्छुक प्रतिभाले भिडियो क्लिप पठाउनु पर्नेछ । आवेदन र आफ्नो नाचको भिडियो [email protected] मा पठाउन सकिने र त्यसैबाट अडिसन लिइने संघको योजना छ । नृत्य नेपाली कला संस्कृति झल्कने खालको हुनुपर्ने नियम बनाइएको छ ।
आयोजकले विजेतालाई आकर्षक गिफ्ट भाउचर र फष्ट वीनरलाई म्यूजिक भिडियोमा अवसर दिइने जनाएका छन् । कलालाई प्रोत्साहन गर्न यस्तो कन्सेप्ट ल्याइएको आयोजकको भनाइ छ ।
सम्मेलनमा एसोसिएसन अध्यक्ष अजय शेखर प्रधानले वालवालिकाको प्रतिभा प्रस्फुटन हुने खालका अन्य कार्यक्रम नभएकाले यस्तो प्रतियोगिता फेरि शुरु गर्न लागिएको जनाए । उनले बेलायतवासी नेपाली अभिभावकसमक्ष आफ्ना सन्तानलाई प्रतियोगितामा सहभागी गराइदिएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा संघका महासचिव देवानन्द सैंजु, सदस्यहरु कुलदीप प्रधान र सुनील सुब्बा, इभेन्ट सल्लाहकार राजकुमार त्रिपाठी, लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठ लगायत सहभागी थिए । मनिषा मास्टर एण्ड मिस लिटिल नेपाल यूके प्रतियोगिताकी संस्थापक एवं आयोजक हुन् । उनले वालवालिकाको नृत्य प्रतियोगितामा आफ्नो साथ रहने बताइन् ।
सन् १९९६ मा स्थापित संघ एकताका निक्कै व्यस्त थियो । बीचमा कलाकार संघ विभाजित भएपछि एक दशकयता संघका कुनै पनि गतिविधि भएका थिएनन् । अहिले पुनः आफ्नो लयमा फर्किएको हो उक्त संस्था । अब वर्षेनी नृत्य र संगीत प्रतियोगिता अलग अलग समय गर्ने योजना संघको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह