लन्डन । गुल्मी जिल्ला समाज यूकेले आफ्ना हालै मनोनित सल्लाहकारहरुलाई स्वागत गरेको छ । साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा आइतबार एक कार्यक्रमबीच सल्लाहकारहरुको स्वागत तथा सम्मान गरियो ।
दुई महिनाअघि निर्वाचित समाजको पांचौं कार्यसमितिले ३० जना सल्लाहकार मनोनित गरेको थियो । कार्यक्रममा उपस्थित सल्लाहकारहरुलाई समाजका अध्यक्ष राम गलामीले खादा ओढाएर स्वागत गरेका थिए ।
त्यस अवसरमा समाजका सल्लाहकारहरु ओमप्रसाद थापा, अर्जुन गौतम, बालजंग अर्याल, मोति भण्डारी, केशव भण्डारी, रणबहादुर केसी, फत्त थापा, खड्क रेशमी, मिन दर्लामी, दासुराम पाण्डे, रोमनाथ पाण्डे, झपट भुजेल, शंकर भण्डारी, चक्रबहादुर राना, गोकर्ण बस्नेत, बिन भुजेल, तोयबहादुर थापा र पिला देवान सम्मानित भए ।
कार्यक्रममा बुटवलस्थित होराइजन कलेजका सहायक प्रिन्सिपल बासुदेव अर्याल र गुल्मी जिल्ला विकास समितिका पूर्व उपसभापति खिमबहादुर थापा दम्पत्तिलाई पनि समाजले सम्मान गरयो ।
महासचिव शिव भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष टोप पल्लीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा अर्का उपाध्यक्ष फणिन्द्र भट्टराईले राखेको प्रस्तावमा समाजको भावी कार्यदिशा कस्तो रहने भन्ने विषयमा सल्लाहकारहरुले विभिन्न राय र सुझाव प्रस्तुत गरे । सबैको सुझावलाई ध्यानमा राख्दै कार्यसमितिले एक प्रस्ताव तयार गर्ने र त्यसमा आवश्यक छलफलपछि समाजको भावी कार्यदिशा तय गरिने जानकारी उपाध्यक्ष भट्टराईले गराए ।
समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र निवर्तमान अध्यक्ष अर्जुन गौतमले मन्तव्य राख्दै आफना कार्यकालका अनुभव सुनाए र अहिलेको कार्यसमितिलाई सल्लाह, सुझाव पनि दिए ।
त्यसक्रममा आउंदो अगस्ट ७ तारिखमा अल्डरसटमा हुने समाजको वार्षिक भेटघाट कार्यक्रमको तयारीबारे सो कार्यक्रमका संयोजक तथा समाजका सचिव बीर बलालले जानकारी गराए ।
समाजका अध्यक्ष राम गलामीले सबै सल्लाहकारहरुलाई स्वागत गर्दै बधाई ज्ञापन गरे । सबैको सल्लाह, सुझाव र सहयोग लिएर नै समाजलाई अघि बढाउने प्रतिवद्धता गर्दै उनले त्यसका लागि आग्रह समेत गरे ।
कार्यक्रममा कार्यसमितिका सदस्यहरु मुना सापकोटा, राजु मल्ल, तारा भट्टराई, बाबुराम भण्डारी लगायत पनि उपस्थित थिए ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने