लन्डन । एउटा ऐतिहासिक ठानिएको खेलका लागि नेपाली क्रिकेट खेलाडी सोमबार सांझ लन्डन उत्रिएका छन् । अध्यागमन जांचले करिब अढाइ घण्टा रोकिएर स्थानीय समयानुसार राती ९ बजे हिथ्रो विमानस्थलको टर्मिनल फोर उत्रंदा खेलाडीलाई नेपाली दूतावास प्रतिनिधि र अन्य शुभचिन्तकले स्वागत गरे । लामो हवाइ यात्राले थकित खेलाडी ओर्लिए लगत्तै रात्रीभोजका लागि भेन्यू फाइभ रेष्टुरेन्ट पुगे जसको प्रायोजन एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमल्सिनाले गरेका थिए ।
कप्तान पारस खड्कासहित १५ खेलाडी, प्रशिक्षक जगत टमाटा र अन्य अफिसियल लन्डन आएका हुन् । नेपाली खेलाडीले यही जुलाई १९ तारिख बिहान लन्डनस्थित विश्वविख्यात लर्डस क्रिकेट मैदानमा पहिलो पटक एमसीसी (मार्लेबोन क्रिकेट क्लव) संग मैत्रीपूर्ण खेल खेल्दैछन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा नेपाली खेलाडीलाई उक्त ऐतिहासिक खेलको अवसर मिलेको हो ।
‘हामीले लर्डसमा खेल्न पाउनुलाई ठूलो अवसरका रुपमा लिएका छौं’, कप्तान खड्काले लन्डन ओर्लिएपछि कान्तिपुरसंग भने, ‘लर्डसमा खेल्छु भनेर सजिलै खेल्न सकिने ठाउं पनि होइन । यस्तो प्लेटफर्मबाट विश्वसामु नेपाललाई चिनाउने फेरि ठूलो अवसर आएको छ । हामी आत्मविश्वासका साथ खेल्ने छौं ।’
खड्काले करिब महिना दिनको प्रशिक्षणले गर्दा पनि सन् १७८७ मा स्थापित विश्वकै प्रख्यात क्रिकेट क्लब एमसीसीसंग खेल्न आत्मबल बढेको सुनाए । ‘हामीलाई बेलायतवासी नेपाली समुदायको साथ समर्थनले थप उत्साहित बनाएको छ’, पारसले भने, ‘उहांहरुलाई खुशी तुल्याउनुपर्ने दायित्व समेत हामीमाथि छ ।’
पारस एमसीसी र लर्डस क्रिकेट ग्राउण्डसंग विगत देखि नै परिचित हुन् । कारण, सन् २०१५ मार्चमा पारसले एमसीसीमा आवद्ध भएर दुबईमा खेलिसकेका छन् भने गत नोभेम्बरमा एमसीसी नेपाल गएर खेलेको थियो । सन् २०१४ मा पारस लन्डन आउंदा उनले एमसीसी हेड अफ क्रिकेट जोन स्टेफेन्सन र इङल्याण्ड क्रिकेट बोर्ड आवद्ध पूर्व कप्तान माइक ग्याटिङसंग भेट गरि नेपालको क्रिकेट विकासबारे छलफल गरेका थिए ।
लन्डन उत्रिए देखि नै नेपाली खेलाडीको व्यस्त कार्यक्रम छ । १२ तारिख मंगलबार नेपाली दूतावासले दिने रिसेप्सनपछि नेपाली खेलाडी १३ तारिखका दिन जिमखाना क्रिकेट क्लव, ओस्टर्लीमा प्रशिक्षणमा व्यस्त हुनेछन् र त्यही दिन बिहान साढे दश देखि सांझ ५ बजेसम्म फ्रि फरेस्टरसंग ४० ओभरको म्याच खेल्ने कार्यक्रम छ ।
त्यसैगरि, १४ जुलाइ अपरान्ह साढे ४ देखि सांढे ७ बजेसम्म जिमखानासंग टि ट्वान्टी खेल हुनेछ । नेपाली टिमले १५ जुलाइ बिहान देखि स्ट्यानमोर क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्ने तालिका छ । खेलाडीहरु १६ तारिख विश्राम लिएर १७ जुलाईमा इष्टबोर्न क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्नेछन् । १८ तारिखमा भने लर्डसमा अभ्यास गर्ने कार्यक्रम छ ।
२० तारिख रिसेप्सनमा सहभागी भएपछि खेलाडीहरु २१ तारिख लन्डनबाट प्रस्थान गर्ने जनाइएको छ । इकान्तिपुर
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग