लन्डनमा भानुको सम्झना

13653116_1345509792129392_7064703193823263747_o

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले २०२ औं भानु जयन्ती तथा सम्मान कार्यक्रम गरेको छ । आइतबार एबीआई कलेज एक्टन, लन्डनमा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा भानुको साहित्यिक योगदान स्मरण 
गर्दै श्रष्टाहरुले मर्मस्पर्शी कविता सुनाए ।

आदिकविको तस्वीरमा माल्यार्पण र कोसेली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष मदन थापाको मंगल धुनसंगै शुभारम्भ गरिएको उक्त समारोहलाई विभिन्न व्यक्तिले सम्वोधन गरेका थिए ।

प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद यूकेका वरिष्ठ सल्लाहकार तथा यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा.
राघव प्रसाद धिताल (ओबीइ) ले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदान अविष्मरणीय रहेको बताए । उनले बेलायतमा रहेर पनि नेपाली भाषा साहित्यको जगेर्ना गर्ने कार्यमा लाग्नु प्रशंसनीय भएको बताउंदै स्थानीय श्रष्टा र परिषदप्रति आभार व्यक्त गरे ।

मन्तव्यका क्रममा यती नेपाली एशोसिएसन यूकेकी नवनियुक्त अध्यक्ष श्रीमती पिपला देवानले परिषदका प्रयासहरू नेपाली साहित्यलाई बेलायतमा जीवन्त राख्न उन्मुख रहेका बताइन् । त्यसैगरि नेपाली वुमेन एशोसिएसन यूकेकी अध्यक्ष श्रीमती आरती श्रेष्ठले कार्यक्रममा मार्मिक रुपले विभिन्न कोणबाट वाचन गरिएका कविताले साहित्यमा भावनात्मक एकता बढाएको उल्लेख गरिन् ।

कार्यक्रममा कवि तथा कवयित्रीहरु हरिसिंह थापा, विमला गौतम, बिजय हितान, रेशमलाल अर्याल, जानुका राई, गोकुल भण्डारी, रीता गौतम, डा.सुधा श्रेष्ठ, कोमल मल्ल लगायतले आफ्ना रचना वाचन गरेका थिए । समारोहमा यती अध्यक्ष देवान, वुमेन एसोसिएसन अध्यक्ष आरती श्रेष्ठ, विश्व साहित्य महासंघ यूके साउथका अध्यक्ष विजय हितान र परिषदका उपाध्यक्ष वाचस्पति रेग्मीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति एवं परिषदका कावा अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्यमा आदिकविको महत्व कहिल्यै नघट्ने र उनी सधैं प्रेरणाका श्रोत भइरहने बताए ।

कार्यक्रममा परिषदका सदस्य एभरेष्ट गौतमले स्वागत मन्तव्य दिए भने उक्त कार्यक्रम महासचिव डा. सुधा श्रेष्ठ र उपमहासचिव रिता गौतमले सञ्चालन गरेका थिए । परिषदका पूर्व अध्यक्ष हरिसिंह थापाले भानुभत्तीय रामायणको श्लोक वाचन गरेपछि कार्यक्रम अघि बढेको थियो ।

साथै समारोहमा बेलायतका लागि कार्यवहाक राजदूत शरद राज आरनको सम्मानपत्र वाचन गरिएको थियो ।

समारोहमा जलपान तथा विविध ब्यवस्थापनतर्फ सहयोग पुर्याउने वरिष्ठ व्यक्तित्वहरू डा. राघव प्रसाद धिताल (ओबीई) तथा डा. जनक कुमारी धिताल, यती अध्यक्ष श्रीमती पिपला देवान, कोसेली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष मदन थापा, परिषदका पूर्व अध्यक्ष कवि हरिसिंह थापा तथा श्रीमती देव कुमारी थापा, परिषदका सल्लाहकार कवि घन बहादुर थापामगर तथा श्रीमती कृष्ण थापामगर, पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, कवि कोमल मल्ल तथा कोहिनुर मल्ल, वीरेन्द्र कुंवर तथा इन्दिरा कुंवर, रेशमलाल अर्याल तथा श्रीमती सिता अर्याल, कोषाध्यक्ष दौलत राई, एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, गोकुल भण्डारी तथा फोटो पत्रकार एभरेष्ट गौतमका साथै सहभागीप्रति आभार व्यक्त गरियो ।

13653364_1345507728796265_3207253899380860213_o

तस्विरः एभरेष्ट गौतम

प्रतिक्रिया

सम्बन्धित सामाग्री