युरोकप पोर्चुगलले जितेपछि भएको हिंसामा ४० पक्राउ

1892542-39846680-2560-1440

पेरिस, २७ असार । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ ।

पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए ।

ती समर्थकहरुले आइफल टावरका अधिकारीहरुमाथि शिशाका बोटल तथा मिनरल वाटरका बोटलहरु फालेका थिए ।

त्यस क्रममा प्रहरीले पानीको फोहरा र टियर ग्याँस हानेको थियो । पोर्चुगलले जितेपछि सो खेलमैदानमा नै पोर्चुगलका समर्थकहरुको भिड लागेको थियो ।

उक्त खेल मैदानमा ९० हजार जना अट्ने क्षमता रहेको र सो खेलमैदान भरिएपछि उनीहरुले आइफल टावरतर्फ आक्रमण गर्न थालेका थिए ।

ती प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले टियर ग्यास फाल्न थालेपछि उनीहरुले पनि प्रहरीमाथि विभिन्न वस्तु फाल्न थालेका थिए ।

त्यस क्रममा हिंसा भएपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उनीहरुले पक्राउ गरी ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यसअघि पनि फ्रान्समा अघिल्लो वर्ष भएका आतङ्ककारी हमलाका कारण दशौँ हजार मानिस जम्मा हुने यस युरोकप फुटबलका लागि शान्ति सुरक्षाको विशेष प्रबन्ध गरिएको थियो ।

ठूलो सङ्ख्याका सुरक्षाकर्मी यहाँ तैनाथ गरिएको थियो । जसका कारण पनि कुनै प्रकारको हिंसा हुन पाएन ।
तर खेल सकिएपछि भने फ्रान्सका समर्थकहरुले खेलप्रति असहमति जनाउदै सामान्य झडप गर्ने र पेरिसका केही स्थानमा हमला पनि गर्न खोजेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री