लण्डन । लेबर पार्टी प्रमुखका लागि हुने निर्वाचनमा प्रसिद्ध समाजवादी नेता जेरेमी कर्विनसँग उक्त पार्टीकी सांसद एन्जेला इगलले प्रतिस्पर्धा गर्ने शनिबार घोषणा गर्नुभएको छ ।
उक्त पार्टीको नेतृत्वमाथि प्रश्न चिह्न खडा भएपछि यसलाई शान्तिपूर्ण तबरले वार्ताबाट समाधान गर्न गरिएको पहल असफल भएको जनाउँदै कर्विनसँग प्रतिस्पर्धा गर्ने इगलले जनाउनुभएको छ । उम्मेद्वारी सोमबार घोषणा हुने उहाँले बताउनुभयो ।
“म पार्टी नेताको उम्मेदवारी घोषणासँगै लेबर पार्टीले गर्न सक्ने फरक कार्ययोजनासम्बन्धी दृष्टिकोण सार्बजनिक गर्नेछु”–उहाँले बताउनुभयो ।
इगलले पार्टी नेता कर्विनले पार्टीका एक तिहाई सांसदको समर्थन गुमाएको बताउनुहुँदै पार्टीलाई सङ्गठीत एवम् प्रभावकारी तबरले नेतृत्व दिन असफल भएको आरोप लगाउनुभएको छ ।
सुसङ्गठित संगठन विस्तारका लागि आफूले उम्मेद्वारी घोषणा गर्ने बताउँदै आफ्नो उम्मेद्वारीलाई अधिकांश सांसदको समर्थन रहने दाबी गर्नुभयो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’