शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: १०:०० | UK Time: 04:15

सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेमा नयां नेतृत्व

वीनेपाली
२०७३ असार २६ गते ०:२८

13645197_1372656822750573_334144413234664870_n
लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेमा नयां नेतृत्व चयन भएको छ । ब्लु अर्किड रेष्टुरेन्टमा शनिबार आयोजित भेलाले घनश्याम पौडेलको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा राज पाठक र महासचिवमा शैलेन्द्र काजी श्रेष्ठलाई चुनेको छ । त्यसैगरि, सचिवमा हरिकृष्ण न्यौपाने र कोषाध्यक्षमा विजय बज्राचार्य छानिएका छन् । सदस्यहरुमा उमेश पराजुली, बीरेन्द्र श्रेष्ठ, बेद भट्टराई, अन्जनी फुंयाल, नारद भण्डारी र सरोज कोइराला चुनिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक