लन्डन । नेपाली सेनाले गत वर्षको विनाशकारी भूकम्पपछि गरेको उद्दार र विपद व्यवस्थापन अनुभव विदेशी कुटनीतिज्ञसमक्ष सांटेको छ । नेपाल सरकारको निर्देशनमा सेनाले शुक्रबार दिउसो लन्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रममाझ अनुभव सुनाएको हो ।
कार्यक्रममा बेलायती रक्षा मन्त्रालयका प्रतिनिधि, विभिन्न दूतावासका कुटनीतिज्ञ, नेपाली सेनाका सहायक रथी सरोज प्रताप राना लगायत सहभागी थिए । मेजर जनरल हिमालय थापाले भूकम्प लगत्तै नेपाली सेनाले उद्दार, अप्रेसन, संकट मोचन र भूकम्प पीडितहरुको व्यस्थापनको मुख्य भूमिका कसरी निर्वाह गर्यो भन्नेबारे जानकारी दिए ।
थापाले रोयल मिलिटरी एकेडेमी स्याण्डहस्र्ट र ब्रिगेड अफ गोर्खाजमा समेत नेपाली सेनाको भूकम्प सम्वन्धि अनुभव सांटेका थिए ।
कार्यक्रममा उपस्थित विदेशी कुटनैतिक नियोगका दूतहरुले नेपाली सेनाको प्रयासको खुलेर प्रशंसा गरेका थिए । कतिपयले विपदमा उद्दार र व्यवस्थापनबारे नेपाली सेनाबाट प्रशिक्षण लिन सके
प्रभावकारी हुने समेत बताए । उपस्थित विदेशी दूतहरुले मेजर जनरल थापासंग विभिन्न जिज्ञासा राखेका थिए । उक्त अवसरमा नेपाली सेनाले विकट पहाडी जिल्लामा डोकोमा राहत सामाग्री बोकेर पुर्याएको दृश्य र भक्तपुरमा उद्दार गरेको दुधे बालकको फोटोले सबैको ध्यानाकृष्ट गरेको थियो ।
कार्यक्रम संयोजन लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल प्रदीप केसीले गरेका हुन् । उनले स्वागत मन्तव्य समेत दिए ।
डा. राघवप्रसाद धिताल (ओबिइ) ले नेपाली सेना युद्ध अभ्यासमा मात्र होइन कुटनैतिक संयोजनमा पनि उत्तिकै सवल रहेको बताए । नेपाल मा वर्षायाम शुरु भइ सकेपनि भूकम्प पीडित अझै अस्थायी टहरामा बस्न वाध्य भएकाले यस्तो बेलामा सरकारले नेपाली सेनालाई
पुनर्निर्माणको जिम्मा दिनुपर्ने सहभागी नारायण अधिकारीले बताए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण