लन्डन । नेपाली सेनाले गत वर्षको विनाशकारी भूकम्पपछि गरेको उद्दार र विपद व्यवस्थापन अनुभव विदेशी कुटनीतिज्ञसमक्ष सांटेको छ । नेपाल सरकारको निर्देशनमा सेनाले शुक्रबार दिउसो लन्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रममाझ अनुभव सुनाएको हो ।
कार्यक्रममा बेलायती रक्षा मन्त्रालयका प्रतिनिधि, विभिन्न दूतावासका कुटनीतिज्ञ, नेपाली सेनाका सहायक रथी सरोज प्रताप राना लगायत सहभागी थिए । मेजर जनरल हिमालय थापाले भूकम्प लगत्तै नेपाली सेनाले उद्दार, अप्रेसन, संकट मोचन र भूकम्प पीडितहरुको व्यस्थापनको मुख्य भूमिका कसरी निर्वाह गर्यो भन्नेबारे जानकारी दिए ।
थापाले रोयल मिलिटरी एकेडेमी स्याण्डहस्र्ट र ब्रिगेड अफ गोर्खाजमा समेत नेपाली सेनाको भूकम्प सम्वन्धि अनुभव सांटेका थिए ।
कार्यक्रममा उपस्थित विदेशी कुटनैतिक नियोगका दूतहरुले नेपाली सेनाको प्रयासको खुलेर प्रशंसा गरेका थिए । कतिपयले विपदमा उद्दार र व्यवस्थापनबारे नेपाली सेनाबाट प्रशिक्षण लिन सके
प्रभावकारी हुने समेत बताए । उपस्थित विदेशी दूतहरुले मेजर जनरल थापासंग विभिन्न जिज्ञासा राखेका थिए । उक्त अवसरमा नेपाली सेनाले विकट पहाडी जिल्लामा डोकोमा राहत सामाग्री बोकेर पुर्याएको दृश्य र भक्तपुरमा उद्दार गरेको दुधे बालकको फोटोले सबैको ध्यानाकृष्ट गरेको थियो ।
कार्यक्रम संयोजन लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल प्रदीप केसीले गरेका हुन् । उनले स्वागत मन्तव्य समेत दिए ।
डा. राघवप्रसाद धिताल (ओबिइ) ले नेपाली सेना युद्ध अभ्यासमा मात्र होइन कुटनैतिक संयोजनमा पनि उत्तिकै सवल रहेको बताए । नेपाल मा वर्षायाम शुरु भइ सकेपनि भूकम्प पीडित अझै अस्थायी टहरामा बस्न वाध्य भएकाले यस्तो बेलामा सरकारले नेपाली सेनालाई
पुनर्निर्माणको जिम्मा दिनुपर्ने सहभागी नारायण अधिकारीले बताए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा