शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: ००:२५ | UK Time: 18:40

लन्डनमा सहयोग खोज्दै विश्व साइकल यात्री

वीनेपाली
२०७३ असार २५ गते ०:१२
Cycle yatri

तस्विरः शिव भण्डारी

लन्डन । विश्व यात्राका क्रममा लन्डन आइपुगेका दुई साइकल यात्रीले सहयोग याचना गरेका छन् । साइकलमार्फत १३० औं देशका रुपमा यतिखेर यूके आइपुगेका ति यात्रीले लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सांझ आफ्नो यात्रा अगाडि बढाउन नेपाली समुदायसंग आर्थिक सहयोगको याचना गरे । हाल लन्डन दूतावास बसिरहेका काभ्रेपलाञ्चोकका जनार्दन खनाल र ताप्लेजुंगका लोकबन्धु कार्कीले आफूहरु नेपाली पोशाक, राष्ट्रिय झन्डा र शान्तिको सन्देशसहित 
सगरमाथा नेपालमा छ र भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वभर फैलाउन साइकल यात्रामा निस्किएको बताए ।

भाषिक, आर्थिक र सामाजिक समस्याका कारण विश्व साइकल यात्रा सहज नभएपनि देशको चिनारीका लागि आफूहरु सन् २००४ देखि यात्रामा निस्किएको उनीहरुले जनाए । उनीहरु विश्व यात्रामा निस्कंदा नेपालमा सरकार माओवादी युद्ध उत्कर्षमा थियो र सबैको चाहना शान्ति थियो ।

एसिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोपका १३० देश घुमिसकेका उनीहरु सन् २०१७ सम्म थप २३ देश पुग्ने योजनामा 
छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक