लन्डन । आगामी जुलाई १९ बिहान एमसीसी (मार्लेबोन क्रिकेट क्लव) संग मैत्रीपूर्ण खेल खेल्न नेपाली क्रिकेट टोली ११ जुलाई सांझ लन्डन उत्रने भएको छ । लन्डन आए लगत्तै उनीहरुको व्यस्त तालिका छ । १२ तारिख उनीहरुको सम्मानमा लन्डनस्थित नेपाली दूतावासले रिसेप्सन राखेको छ ।
१३ तारिखका दिन नेपाली टिमले जिमखाना क्रिकेट क्लव, ओस्टर्लीमा प्रशिक्षणमा व्यस्त हुनेछ र त्यही दिन बिहान साढे दश देखि सांझ ५ बजेसम्म फ्रि फरेस्टरसंग ४० ओभरको म्याच खेल्ने कार्यक्रम छ ।
त्यसैगरि, १४ जुलाइ अपरान्ह साढे ४ देखि सांढे ७ बजेसम्म जिमखानासंग टि ट्वान्टी खेल हुनेछ ।
प्राप्त तालिका अनुसार, नेपाली टिमले १५ जुलाइ बिहान देखि स्ट्यानमोर क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्ने तालिका छ । खेलाडीहरु १६ तारिख विश्राम लिएर १७ जुलाईमा इष्टबोर्न क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्नेछन् ।
१८ तारिखमा भने लर्डसमा अभ्यास गर्ने कार्यक्रम छ ।
२० तारिख रिसेप्सनमा सहभागी भएपछि खेलाडीहरु २१ तारिख लन्डनबाट प्रस्थान गर्ने जनाइएको छ ।
कप्तान पारस खड्काको नेतृत्वमा १५ खेलाडी लन्डन आउंदैछन् जसमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगर छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले ति खेलाडी छानेको हो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते